Connect with us
Kapilvast Forest

जग्गा कित्ताकाटमा रोक लगाउने हेटौँडा: उपमहानगरपालिकाको निर्णय

२०७९, २२ असार बुधबारमा प्रकाशित

हेटौँडा- उपमहानगरपालिकाले जग्गाको कित्ताकाटमा रोक लगाउने भएको छ । सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले उपमहानगरपालिका क्षेत्रको जग्गाको कित्ता काटमा रोक लगाउने निर्णय गरेको हो । उपमहानगरपालिका क्षेत्रको खेतीयोग्य जग्गाको बढ्दो खण्डीकरणलाई नियन्त्रण गर्न उपमहानगरपालिकाले कित्ता काटमा रोक लगाउने निर्णय गरेको हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।

उपमहानगरपालिकाले जग्गाको वर्गीकरणपछि मात्र कित्ता काट खुला गर्ने निर्णय कार्यपालिका बैठकले गरेको उनले बताए । त्यस्तै उपमहानगरपालिकाले जग्गाको वर्गीकरणको लागि कार्यदल समेत गठन गरेको छ । कार्यपालिका बैठकले उपमहानगरपालिकाकी सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेको संयोजकत्व जग्गा वर्गीकरण कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

कार्यदलको अध्ययन प्रतिवेदन प्राप्त भएपछि नगर प्रमुखको अध्यक्षतामा रहने भूउपयोग परिषदमा छलफल गरी कार्यपालिकाबाट निर्णय भएपछि लागू गरिने प्रवक्ता न्यौपानेले बताए। त्यसपछि मात्र हाल रोक्का रहेको जग्गाको कित्ताकाटलगायत कार्य सञ्चालन हुने उनको भनाई छ।

यसैगरी कार्यपालिका बैठकले नगरका सामुदायिक विद्यालयमा रिक्त रहेका स्थायी दरबन्दी तथा राहतकोटामा शिक्षक नियुक्ति गर्न उपमहानगरपालिकाको तर्फबाट शिक्षकको सूची तयार गर्ने निर्णय गरेको छ ।

नगरका स्वास्थ्य संस्थाबाट बीमा सुविधासमेतमा सहजीकरण गर्ने गरी आधारभूत अस्पताल सञ्चालन गर्न दुईजना आठौँ तहमा चिकित्सक नियुक्ति गर्ने र वृत्ति विकाससम्बन्धी विशेष ऐन, २०७५ खारेज गरी नयाँ ऐन निर्माण गर्ने बैठकले निर्णय गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu