Connect with us
Kapilvast Forest

ट्रान्सफर्मर पड्किँदा १६६ घर अन्धकारमा

२०७९, २२ असार बुधबारमा प्रकाशित

बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको विद्युत् ट्रान्सफर्मर पड्किँदा चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । चट्याङले ट्रान्सफर्मर पड्किएपछि धुल्लुबास्कोटका १६६ परिवार चार दिनदेखि अन्धकारमा छन् ।

विद्युत् आपूर्ति बन्द हुँदा स्थानीयले कुटानीपिसानी, साना घरेलु उद्योग सञ्चालन र सञ्चार सेवा प्रयोग गर्न पाएका छैनन् । धुल्लुबास्कोटमा सामुदायिक विद्युतीकरणमार्फत केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको थियो । ट्रान्सफर्मर मर्मतका लागि प्रक्रिया सुरु भएको भए पनि अझै केही दिन लाग्ने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

ढिला गरी प्राधिकरणलाई जानकारी प्राप्त भएको र त्यहाँ क्रियाशील सामुदायिक समितिले नै मर्मतको काम गर्नुपर्ने बताएको वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले बताए । वर्षासँगै आएको बाढी, पहिरो र चट्याङले ट्रान्सफर्मर र प्रसारण लाइनका कैयौँ पोलहरुमा समेत क्षति पु¥याएको छ । त्यस्तै चट्याङले बागलुङको ताराखोला गाउँपालिकामा १३ वटा पशुचौपाया मारेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu