Connect with us
Kapilvast Forest

नेपाल आयल निगमलाई निजीकरणबाट जोगाउन दौडधुपमा कर्मचारी

२०७९, २२ असार बुधबारमा प्रकाशित

निश्चित प्रतिशत सेयर निजी क्षेत्रलाई दिने तयारी भइरहेको खुलासाछि नेपाल आयल निगमका कर्मचारी दौडधुपमा लागेका छन् । निगमलाई निजीकरण हुनबाट बचाउनका लागि भन्दै निगममा आबद्ध राजनीतिक दल सम्बद्ध कर्मचारीले दौडधुप बढाएका हुन् ।

यही क्रममा नेपाली कांग्रेस निकट नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले निगम बचाउनका लागि आफ्नो भेटघाट बाक्लो बनाएको छ । युनियनले मंगलबार नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटेर निगमलाई निजीकरण हुनबाट बचाउनका लागि भूमिका खेल्न आग्रह गरेको छ ।
अध्यक्ष विकास बखतीको नेतृत्वम गएको टोलीले पौडेललाई भेटेर निगममा निजी क्षेत्र घुसाउने खेल रोक्न अनुरोध गरेको हो । भेटमा अध्यक्ष बखतीले निगमलाई टाट पल्टाएर निजी क्षेत्र घुसाउने चलखेल भइरहेकाले त्यसलाई जसरी पनि रोक्नुपर्ने बताए । त्यसक्रममा अध्यक्ष बखतीले कर घटाउने प्रलोभन देखाउँदै दुई पटकसम्म मूल्य घटाउन भनेको स्मरण समेत गराए ।

यस्तै, युनियनले पौडेलसँगै अन्य नेतासँगको भेटघाटलाई पनि तीव्रता दिएको छ । युनियनले मंगलबार नै नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कंग्रेस राष्ट्रिय समितिसँग पनि भेटवार्ता गरेको थियो । यसका साथै, युनियनले नेपाल सार्वजनिक सेवा कर्मचारी संघसँग पनि भेटघाट गरिसकेको छ । यसैगरी, सांसद राजन केसी र संसदीय समिति सदस्य समेत रहेका प्रकाश रसाइलीसँग पनि भेटवार्ता गरेको अध्यक्ष बखतीले बताए ।

‘नेपाल सरकारको नीति भएकाले यसलाई डिजाइन अन्तरगत भइरहेको त हैन भन्ने आशंका भइरहेको छ,’ उनले रातोपाटीसँग भने । यद्यपी, निगमको १५ प्रतिशत सेयर साधारण सेयरकारूपमा सर्वसाधारणलाई वितरण गर्ने भए आफूहरुको कुनै विरोध नरहने कर्मचारीहरूको भनाइ छ । अन्यथा आन्दोलनमा उत्रिने उनीहरूको तयारी छ ।

यो पनि
पेट्रोलियम पदार्थमा राजनीति: आयल निगममा निजी क्षेत्र घुसाउन चलखेल
​यसैगरी, नेपाल आयल निगम कर्मचारी संघले समेत आफ्नो राजनीतिक भेटघाटलाई तीव्रता दिएको छ । संघका अध्यक्ष मधुमास पुनले निगमलाई निजीकरण हुनबाट जोगाउन लागिपरिरहेको बताए । उनले यसक्रममा प्रमुख प्रतिपक्षी दलका नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएको बताए । ‘अहिले नेकपा माओवादी (केन्द्र) आन्तरिक बैठकमा छ,’ उनले भने, ‘त्यसैले माओवादीका नेतासँग भेटघाटको समय मिलेको छैन ।’

तर, यतिबेला नेकपा एमालेका नेताहरू प्रदीप ज्ञवाली, योगेश भट्टराई राष्ट्रिय उद्योग व्यवसायी महासंघको अध्यक्ष समेत रहेका सांसद एलपी साओलिम्बु लगायतका नेतासँग भेटेर निगम बचाउन अनुरोध गरेको पुनले बताए । यसैगरी, एमालेका प्रचार विभागका विष्णु रिजालसँग समेत भेटेर निगमलाई निजीकरण हुनबाट जोगाउन अनुरोध गरेको उनले बताए ।

पेट्रोलियम पदार्थ राष्ट्रिय सुरक्षासँग जोडिएको र रणनीतिक विषय समेत भएकाले यसको बिक्री जिम्मा निजी क्षेत्रलाई दिन नहुने कर्मचारीहरूको भनाइ छ । यस्तै, विगतमा समेत निजी क्षेत्रलाई परिक्षणकारूपमा बिक्रीको जिम्मेवारी दिँदा निजी क्षेत्र असफल भएको उनीहरूको बुझाइ छ । ‘निजी क्षेत्रले समस्या परेको समयमा पेट्रोलियम पदार्थ ल्याउन सक्दैनन्,’ कर्मचारीहरुको भनाइ छ ‘उनीहरू नितान्त नाफा खोज्छन् । र त्यसैका लागि मात्रै काम गर्छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu