Connect with us
Kapilvast Forest

पर्यटक आकर्षित गर्न सफल : पाल्पा दरबार सङ्ग्रहालय: फोटो फिचर

२०७९, २२ असार बुधबारमा प्रकाशित

पाल्पा- पाल्पा दरबार सङ्ग्रहालयको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।छिमेकी देश भारत, चीन, जापानसहित देशका विभिन्न स्थानबाट समेत दरबार सङ्ग्रहालयको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।सङ्ग्रहालयभित्र लुम्विनी प्रदेशभित्रका विभिन्न जातजाति भाषाभाषीले परम्परागत रुपमा प्रयोग गर्दै आएको घरेलु सामग्री राखिएको छ ।

यस्तै बाइसे–चौबिसे राज्य, सेन राज्य, नेपाल एकीकरणका ऐतिहासिक जानकारी, नेपाल–अङ्ग्रेज युद्ध ताका प्रयोग भएका घरेलु सामग्रीसमेतसङ्ग्रहालयभित्र राखिएको छ ।सङ्ग्रहालयले विविध जाति, भाषा, इतिहास र भूगोलको तथ्य र जानकारी समेटेकाले पर्यटकलाई यसले आकर्षण गरेको सङ्ग्राहलय प्रमुख चन्द्र वलीले बताउनुभयो ।सङ्ग्रहालयभित्र मुख्य गरेर, मगर, थारु, खसआर्य, नेवाः (नेवार), कुमाल समुदायको परम्परागत भेषभूषा, कला र संस्कृति तथा रहनसहन झल्किने सामग्री राखिएका छन् ।

लुम्बिनी प्रदेश सरकारले प्रदेशकै नमूना सङ्ग्रहालयको रुपमा स्थापित गर्ने गरी हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ । प्रदेश सरकारले महत्व दिएकै कारण पछिल्लो समय सङ्ग्रहालय पर्यटकको रोजाईमा पर्ने गरेको सङ्ग्रहालय सञ्चालन एवं व्यवस्थापन समितिका सदस्य चित्रवलीराम सुवालले जानकारी दिनुभयो ।

सुरुका दिनमा सङ्ग्रहालयभन्दा तानसेनबासीले नाक खुम्च्याउने गरेका थिए, अहिले यही सङ्ग्रहालयकै कारण तानसेन बजारमा चहलपहल बढेको छ ।’
पाल्पा दरबार सङ्ग्रहालयको अवलोकनका लागि पछिल्लो ८ महिनामा २०८ जना सार्क मुलुकका मुख्य गरी भारतबाट पर्यटक आएका छन् । यस्तै, १०८ जना जापान, चीन, कोरियाबाट, २० हजार ८४५ जना नेपालका विभिन्न स्थानबाट आएका छन् ।

यस्तै यही अवधिमा देशका विभिन्न स्थानबाट सात हजार १३९ जना विद्यार्थीले सङ्ग्रहालयको अवलोकन गरेको टिकट काउण्टरकाकर्मचारीरोमाहिस्कीमगरले जानकारी दिनुभयो । सङ्ग्रहालय अवलोकन गर्ने विद्यार्थीले एउटा टिकटको रु.२०, स्वदेशी नागरिकले प्रतिटिकट रु.५०, सार्क मुलुककानागरिकलेप्रतिटिकट रु.१५० र विदेशी नागरिकले प्रतिटिकट रु.२५० तिर्दै आएका छन् ।यसले सङ्ग्रहालयको आम्दानी समेत बढाएको छ । आम्दानी बढेपछि सङ्ग्रहालयमाखटेका कर्मचारीको तलबभत्ता व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ । टिकटबाट पछिल्लो ८ महिनामा १० लाख हजार एक सय रुपियाँ सङ्कलन भएको ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu