Connect with us
Kapilvast Forest

एसपीपीको पत्र म प्रधानमन्त्री नहुँदै पठाइएको हो, अमेरिकी दूतावासले सत्य बोलोस् : ओली

२०७९, २२ असार बुधबारमा प्रकाशित

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुने तत्कालीन प्रधानसेनापतिले लेखेको पत्रमा मिति संशोधन गरिएको दाबी गरेका छन् । उनले ‘ओरिजिनल’ पत्र सार्वजनिक गर्न सरकारलाई आग्रह मात्र गरेका छैनन्, अमेरिकी दूतावासलाई पनि बोल्न आग्रह गरेका छन् ।

एसपीपीबारे एमालेले सरकारमाथि प्रश्न गरिरहेका बेला २ असारमा ओली सरकारकै पालामा यो कार्यक्रममा सहभागी हुन नेपाली सेनाले सरकारको तर्फबाट काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्र लेखेको खुलेको थियो ।

एमाले अध्यक्ष ओली २५ असोज २०७२ मा प्रधानमन्त्री भएका थिए र १० कात्तिकमा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेर नेपाल सरकारको निर्णयअनुसार एसपीपीमा सहभागी गराउन माग गरेका थिए ।

मंगलबार मदन भण्डारी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा ओलीले सार्वजनिक भएको उक्त पत्रमाथि प्रश्न उठाएका छन् । आफूअघि रक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिस्तरीय निर्णयअनुसार सेनालाई पत्राचारका लागि अनुमति दिएको तर, आफूलाई बद्नाम गर्ने उद्देश्यका साथ पत्र सार्वजनिक गरिएको उनले बताए । ओलीले भने, ‘अहिले कात्तिक १० गतेको ठेगाना दिइएको छ । तर म सरकारलाई ओरिजिनल पत्र देखाउ भन्न चाहन्छु ।

म प्रधानमन्त्री हुनु भन्दा अगाडिको हुनसक्छ । चलानी नम्बरमा ८५ पनि हातले लेखेको छ, पहिलेको हटाएर, पठाएको मितिमा पनि २७ अक्टोबर लेखेको छ हातले । सबै टाइप छ, पछाडि किन हातले लेख्नुपर्‍यो भने टिपेक्स लगाएर मेटेर हातले लेखिएको स्पष्ट छ । हातले नलेखेको पत्र निकाल्न म सरकारलाई भन्न चाहन्छु, हातले नलेखेकामा कहिलेको मितिमा थियो, त्यो ल्याऊ ।

आफूलाई मुछ्न मात्र मिति केरमेट गरेर पत्र सार्वजनिक गरिएको ओलीको दाबी छ । उनले भने, ‘२७ अक्टोबर भनेर जुन मिति लेखिएको छ, त्यो २७ चाहिँ हातले लेखिएको छ । अरु सबै टाइप, २७ अक्टोबर चाहिँ हातले । केपी ओलीलाई मुछ्न आज लेखिएको हो त्यो २७ तारेख ।’ चलानी नम्बर पनि हातले लेखिएको भन्दै उनले यो सरकारले गरेको छली काम भएको आरोप लगाए । उनले अघि भने, ‘यो पत्र म प्रधानमन्त्री नहुँदै अमेरिकन एम्बेसीमा पठाइएको हो, अमेरिकन एम्बेसीले सत्य बोलोस् भन्न चाहन्छु ।’

मिति र चलानी नम्बर हातले लेखिएको भन्दै पटकपटक पत्रको वैधानिकतामाथि प्रश्न उठाएका उनले आफ्नै पालामा पत्र लेखेको भएपनि आफ्नो जानकारी विना सेनाले पठाएको बताए । यसबारे तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई सोध्न सकिने भन्दै उनले भने, ‘बताएको भए त्यतिबेलाको सरकारले रोक्थ्यो ।

तत्कालीन रक्षा सचिव (हाल निर्वाचन आयुक्त) ईश्वर पौडेलले आफूलाई भनेको थिएँ भनेर दिएको सार्वजनिक अभिव्यक्ति झुटो भएको ओलीले बताए ।
जनदबावले रोकिएका हुन्, फेरि गर्न सक्छन्एमाले अध्यक्ष ओलीले २०१९ मा आफ्नो नेतृत्वको सरकारले नै एसपीपी अघि नबढाउने निर्णय गरेको दाबी गरे । तर अहिले गटबन्धन सरकारले अघि बढाउन खोजेको र सार्वजनिक भएको १०बुँदे मस्यौदा घातक भएको बताए ।

जनदबावका कारण मात्र पछाडि हटेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘गठबन्धनका मान्छेहरु, जो एमसीसीमा हुन्छ भनेर हात उठाउनेहरु छन्, सबै यसमा सरिक छन् । जनदबावले गर्दा स्थगित गरेका हुन्, भेल सान्त हुने वित्तिकै जसरी जाल लिएर माझीहरु पुग्छन्, त्यसरी अर्को जाल लिएर सामेल हुनेछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu