Connect with us
Kapilvast Forest

टार्न नसकेपछि अन्तत: अर्थमन्त्रीको राजीनामा

२०७९, २२ असार बुधबारमा प्रकाशित

काठमाडौं– चौतर्फी दबावपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बजेटमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएकोविषयमा संसदीय छानबिन विशेष समिति गठन भएसँगै अर्थमन्त्री शर्माले संसदलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट १५ जेठमा ल्याएका थिए । तर, जेठ मसान्तमा बजेट निर्माणका क्रममा पूर्व नायव सुब्बा रघुनाथ घिमिरेरएकचार्टर्डएकाउन्टेटलाईसंलग्न गरेको आरोप लाग्यो । त्यसलाई टेकेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्रीमाथि प्रश्न उठायो । अर्थमन्त्रीले एमालेको आरोप इन्कार गर्दै जवाफ दिए ।

त्यसमा चित्त नबुझाएको एमालेले अर्थमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति बनाउन माग गरेको थियो । त्यो नभएसम्म अर्थमन्त्रीलाई स्वीकार नगर्ने भन्दै उनै बोल्दा संसदको बैठक बहिस्कार गर्दै आएको थियो । तर न संसदले छानबिन बनायो, न अर्थमन्त्रीले राजीनामा दिए । बरु शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवा र आफ्नो दल नेकपा माओवादी केन्द्रको साथ थियो ।

एमालेले अर्थमन्त्री शर्मालाई बहिस्कार त गरेको थियो, तर संसदमा अवरोध गरेको थिएन । त्यसैले अर्थमन्त्री शर्माले आफूमाथि लागेको आरोप पेलेर टार्न संकेत देखाएका थिए

तर १९ असारमा अर्थ मन्त्रालय आफैंले बजेट निमार्णको समयको सीसीटीभी फुटेज मेटिएको बताएपछि परिस्थिति फेरियो । उपभोक्ता हित संरक्षण मञ्चले बजेट निर्माणको समयको सीसीभीटी फुटेज माग गर्दै अर्थ मन्त्रालयमा निवेदन दिएको थियो । त्यसको जवाफमा मन्त्रालयले सीसीटीभी फुटेज १३ दिनमात्र रहने र क्रमशः मेटिने बताएपछि अर्थमन्त्री शर्मामाथि आशंका बढ्यो ।

सीसीटीभी फुटेज मेटाएको भन्दै एमालेले भातृ संगठन सडकमै ओराल्यो भने अध्यक्ष केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्दै संसदीय छानबिनको माग गरे । त्यही दिन सत्तारुढ नेपाली कांग्रेसकै महामन्त्री गगनकुमार थापाले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने, नभए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने अभिव्यक्ति दिए ।

२० असार पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व उपकुलपति केदारभक्त माथेमा र चिकित्सा शिक्षाका अभियान्ता डा. गोविन्द केसी लगायतले शर्माको राजीनामा माग्दै वक्तव्य निकालेका थिए । योजना आयोगका पूर्व उपाध्यक्षहरुले पनि अर्थमन्त्रीको राजीनामा माग्दै वक्तव्य निकाले । एमालेको विरोधलाई लत्याइरहेको सत्तारुढ गठबन्धन, नागरिकको तप्काबाटै राजीनामा माग गरेपछि दबावमा परेको नेताहरु स्वीकार गर्छन् ।

मंगलबार नै जुटेको थियो सहमति

मंगलबार माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा समेत अर्थमन्त्रीको विषय उठेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग परामर्श गर्ने बचन दिए । स्रोतका अनुसार प्रचण्डसँग भएको छलफलमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय छानबिन समिति गठन गर्ने प्रष्ट संकेत दिए ।
प्रधानमन्त्री, सभामुख र प्रमुख प्रतिपक्षी दलको प्रतिनिधि बसेर सीसीटीभी फुटेज हेर्ने विकल्प अघि सारिएको थियो । तर अर्थमन्त्री शर्मा त्यसका लागि सहमत भएनन् । अझ सीसीटीभी फुटेज नै नरहेको बताएपछि संसदीय छानबिन समिति गठनलाई आफूले रोक्न नसक्ने सभामुख सापकोटाले बताएका थिए ।

प्रचण्डले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटे । देउवा पनि ‘अब त बचाउन सकिन्न’ भन्ने निष्कर्ष उन्मुख भएको पाएपछि प्रचण्डले पार्टीका नेताहरुसँग छलफल गरे र, शर्मालाई राजीनामा दिन सहमत गराए ।

निर्दोष भए फर्काउने आश्वासन

स्रोतका अनुसार प्रधानमन्त्री र पार्टी नेताहरुसँग भएको छलफलमा शर्माले आफूले गल्ती नगरेको दाबी गरेका थिए । नेताहरुले भने मौन बस्दा पार्टी र सरकार समेत विवादमा पर्ने भएकाले शर्मालाई राजीनामा दिन सुझाएका छन् । राजीनामा दिन सहमत गराउने क्रममा माओवादी शीर्ष नेताहरुले छानबिनका क्रममा निर्दोष देखिए फेरि अर्थ मन्त्रालयमै ल्याउने आश्वासन दिएका छन् ।

त्यही कारण हुनसक्छ, शर्माले अर्थमन्त्रीबाट राजीनामा दिने क्रममा छानबिनका लागि चुनौती मात्र दिएनन्, क्लिन चिट पाएर आउने संकेत गरेका छन् । भ्रम सिर्जना भएकाले छानबिनमा सघाउन राजीनामा दिने निर्णयमा पुगेको भन्दै उने भने, ‘छानबिनले ल्याएको तथ्य सत्यका अगाडि म उपस्थित भएर फेरि आफ्ना काम अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि निर्दोष सावित भए शर्मा पुनः अर्थ मन्त्रालयमा फर्किने बताए ।
अहिले छानबिनका लागि उहाँले मार्ग प्रशस्त गर्नुभएको हो,’ संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी नेता पुनले भने, ‘उहाँले निर्दोष छु भन्नुभएको छ । उहाँ निर्दोष हो भने उहाँ नै अर्थमन्त्री हुनुहुन्छ । अर्को कोही मान्छे अहिले पठाउँदैनौं ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu