Connect with us
Kapilvast Forest

ठगी तथा आपराधिक विश्वासघात मुद्दामा दुई जना कारागार चलान

२०७९, २३ असार बिहीबारमा प्रकाशित

सप्तरी- जिल्ला अदालत राजविराजले ठगी तथा आपराधिक विश्वासघात मुद्दामा रामदेव साहका छोराछोरीलाई पुर्वपक्षका लागि कारागार चलान गरेको छ । जिल्ला न्यायाधिश सुर्यनाथ प्रकाश अधिकारीको इजलासले ठगी तथा आपराधिक विश्वासघात मुद्दाका जिल्लाका खडक नगरपालिका ७ कल्याणपुर निवासी रामदेव साहका छोरा नन्दकिशोर साह र छोरी अनुराधा साहलाई कारागार चलान गरिएको हो ।

मंगलबार दुवैको वयान सकिएपछि बुधवार अबेर साँझसम्म थुनछेक वहस भएको थियो । वहस सकिएपछि साह दाजु बहिनीलाई पुर्वपक्षका लागि थुनामा राख्ने आदेश भएको सप्तरी जिल्ला अदालतका श्रेष्तेदार कुमार मास्केले जानकारी दिनु भयो । ठगी तथा अपराधिक विश्वासघात मुद्दाका मुख्य अभियुक्त मानिएका रामदेव साह भने अझैं फरार छन् । साह दाजु बहिनीका बुवा समेत रहेका रामदेवको भने खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले बताउनु भयो ।

साह परिवारमाथि घर,जग्गा तथा सुनचाँदीको गरगहना बन्धकी राखेर चर्को मिटरब्याज असुली गर्ने र कतिपय व्यक्तिले लिएको ऋण र व्याज चुक्ता गरिसकेपनि धिँतो फिर्ता नगरेको आरोप छ । पीडितहरुको उजुरीको आधारमा उनीहरु उपर ठगी तथा अपराधिक विश्वासघात मुद्दा चलाइएको प्रहरीको कथन छ ।

पीडितहरुको तर्फबाट प्रदेश कानून अधिकृत समेत रहेकी अधिवक्ता किरणकुमारी साह, अधिवक्ताहरु समिम अख्तिर, भरत यादव, महेन्द्र साह, सुरेन्द्र साह तथा आरोपित प्रतिवादीहरुको तर्फबाट अधिवक्ता बालकिशोर यादव, अशोक चौधरी, कृष्णकुमार केशी लगायतका कानून व्यवसायीले वहस पैरबी गरेका थिए ।

यता, ठगी तथा अपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका दाजु बहिनीको थुन छेक बहस भइरहदा अदालतको मुल ढोकामा बुधवार पनि साह परिवारको मिटरब्याजबाट पीडितहरुले दिनभर प्रदर्शन र नाराबाजी गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu