Connect with us
Kapilvast Forest

मालपोतका कर्मचारीसहित : १३ जना दोषी ठहर

२०७९, २३ असार बिहीबारमा प्रकाशित

सुर्खेत (छिन्चु)- सुर्खेतको वीरेन्द्रनगरमा जग्गाधनीलाई थाहै नदिएर अर्कैको नाममा जग्गा नामसारी गर्ने १३ जनालाई सुर्खेत जिल्ला अदालतले दोषी ठहर गरेको छ । अदालतका न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले मालपोत कार्यालय सुर्खेतका चार जना कर्मचारीसहित १३ जनालाई किर्ते तथा ठगी गरेको कसूर ठहर गर्नु भएको हो ।

मालपोत कार्यालयका कर्मचारी विश्वरुप साउद, गणेश विक, कृष्णबहादुर थापा, दिपेन्द्र श्रेष्ठ र तीर्थराज महताराले किर्ते गरेको ठहर भएको अदालतका स्रेस्तेदार ठाकुरप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वीरेन्द्रनगर १२ का रामकुमार दर्लामी, उत्तम अधिकारी र सुनिता रानालाई पनि अदालतले किर्ते कसुरदार ठहर गरेको छ ।

उहाँका अनुसार वीरेन्द्रनगर ३ का सहवीर कार्की, वीरेन्द्रनगर ६ का अमर सिंह कटुवाल, वीरेन्द्रनगर ६ गणेश चौकका सन्तोष ठाकुर, वीरेन्द्रनगर ५ चिसापानीका निर्मल पुरी, वीरेन्द्रनगर २ का गोरख भन्ने गणेश बुढा पनि दोषी ठहर भएको उल्लेख छ । अदालतमा १९ जनाविरुद्ध दायर गरिएको किर्ते तथा ठगी मुद्दामा मालपोतका तत्कालीन कार्यालय प्रमुख लक्ष्मी खत्री र नापी कार्यालयका कर्मचारीसहित ६ जनाले भने सफाइ पाउनु भएको छ् । दोषी ठहर भएकाहरूको सजाय भने तोकिएको छैन । अर्को पेसीमा सजाय तोकिनेछ ।

वीरेन्द्रनगरका सौगात रावतको जग्गा थाहै नदिई अर्कैको नाममा विक्री गर्न खोज्ने ठाकुर, पुरी र बुढालाई जिल्ला अदालत धरौटीमा छाडेको थियो भने उच्च अदालत सुर्खेतले जिल्लाको आदेश उल्ट्याउँदै गत कात्तिकमा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

रावतको नाममा दर्ता भएको वीरेन्द्रनगर नगरपालिका १२ साबिक जर्बुटा गाविस ३ क मा रहेको कित्ता नं ३१११ को जग्गा २०७७ असार १० पछि ६ कित्तामा अर्कैको नाममा नामसारी गरेको खुलेको थियो ।

गएको पुस २९ गते जग्गाको नक्सा निकाल्ने क्रममा रावतका नामको कित्ता नम्बर नभेटिएपछि जग्गा अर्कैको नाममा नामसारी भएको तथ्य बाहिर आएको हो । ठाकुरसहितले सहवीर कार्कीका नाममा राजीनामा लिखत पास गरी लिएपछि मालपोतका कर्मचारीसहित १९ जना जग्गा प्रकरणमा मुछिनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu