Connect with us
Kapilvast Forest

मधेशमा अन्तर प्रदेश अनुभव आदानप्रदान कार्यक्रम

२०७९, २३ असार बिहीबारमा प्रकाशित

जनकपुरधाम- मधेश प्रदेशको राजधानीमा शान्तिसुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर प्रदेश अनुभव आदान प्रदान तथा छलफल कार्यक्रममा सुरु भएको छ।मधेशको राजधानी जनकपुरधामस्थित बिहीबार अन्तर प्रदेश अनुभव आदानप्रदान तथा छलफल कार्यक्रम सुरु भएको हो। मधेश प्रदेश गृह तथा सञ्चार मन्त्रालयद्वारा आयोजित कार्यक्रमको उद्घाटन प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गर्नुभएको हो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा मधेश प्रदेशसभाका सभामुख सरोजकुमार यादव उपस्थित हुनुभएको छ।

सो कार्यक्रममार्फत् जनकपुरधाम साझा प्रतिवद्धता, २०७९ घोषण गरिनेसमेत जनाइएको छ। कार्यक्रममा सातै वटा प्रदेशका गृहमन्त्रीलाई आमन्त्रण गरिएको थियो। प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशका गृहमन्त्री, प्रदेश सचिव र मुख्य न्यायाधिवक्ता मात्र उपस्थित हुनुभएको छ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, बागमती प्रदेशका कृष्णप्रसाद शर्मा खनाल, गण्डकीका डोबाटे विश्वकर्मा, लुम्बिनीका आन्तरिक मामिला ताथ सञ्चारमन्त्री तिलकराज शर्मा, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलको उपस्थिति छ।

यसैगरी मधेशका भैतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा, उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतो र महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलगायतको उपस्थिति छ। यसैगरी कार्यक्रममा प्रदेशका महान्याधिवक्ता, प्रदेशका सचिव, मधेशका सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति छ। सो कार्यक्रमको अध्यक्षता मधेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले गर्नुभएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu