Connect with us
Kapilvast Forest

रुसले चीन र भारतलाई मात्र बेच्यो २४ अर्ब डलरको इन्धन

२०७९, २३ असार बिहीबारमा प्रकाशित

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछिका तीन महिना चीन र भारतलाई मात्र २४ अर्ब डलरको तेल बेचेको पछिल्लो भन्सार तथ्यांकले देखाएको छ । सोही युद्धको कारण तेलको मुल्य बढेकाले पश्चिमी प्रतिबन्धको बावजुद रुसको आय नघटेको पाइएको छ ।

युक्रेनमा युद्ध सुरु भएपछि तीन महिनामा चीनले रुसी तेल, ग्यास र कोइलामा १८.९ अर्ब डलर खर्चियो । उता भारतले यस अवधिमा ५.१ अर्ब डलरको रुसी खनिज इन्धन भित्र्यायो, जुन अघिल्लो वर्षको भन्दा पाँच गुणा बढि हो ।
चीन र भारतले रुसबाट सन् २०२१ मा सोही अवधिको भन्दा १३ अर्ब डलर बढि रकमको खनिज इन्धन खरिद गरेका छन् ।

चीन र भारतले रुसी इन्धन खरिद वृद्धि गर्दा अमेरिका लगायत अन्य पश्चिमी देशले उबाट इन्धन खरिद रोक्कालाई भरपाई गर्न सघाउ पुगेको छ । अमेरिका लगायत पश्चिमी मुलुकले रुसी तेलमाथि प्रतिबन्ध लगाएपछि अन्य वैकल्पिक आपूर्तिको मुल्य बढ्दा ती मुलुकको अर्थतन्त्र आर्थिक मन्दीको जोखिममा परेका छन् ।

युरोपले रुसी इन्धन खरिद घटाउँदै लगेको भए पनि हालसम्म उसले चीन र भारतले भन्दा बढि परिणामको इन्धन खरिद गरिरहेको छ । रुसले चीन र भारतसँग दीर्घकालिन रणनीतिक तथा व्यापरिक सम्बन्ध छ । उसले यी मुलुकले किन्ने इन्धनको परिणाम बढाउनका लागि भारी छुट दिनदेखि ती देशका मुद्रामा भुक्तानी स्वीकार्ने जस्ता सहुलियत दिइरहेको छ ।
छुटले इन्धनको विक्री परिणाम ह्वात्तै बढेकाले रुसलाई फाईदा नै भईरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu