Connect with us
Kapilvast Forest

दरौखोलामा दश हजार माछाका भुरा छाडियो: माछा मार्न रोक

२०७९, २४ असार शुक्रबारमा प्रकाशित

स्याङ्जा- अर्जुनचौपारी गाउँपालिकाले दरौखोलामा विभिन्न जातका १० हजार माछाका भुरा छाडेको छ । मत्य विकास केन्द्र, मिर्मीको सहयोगमा अर्जुन चौपारीले रहु तीन हजार, नैनी तीन हजार र गरदी चार हजार माछाका भुरा दरौ खोलामा छाडेको हो । दरौखोला, केवरेखोला र दिर्जेखोलालाईमाछापालनबाट आर्थिक आर्जनमा जोड्ने पालिकाको नीति तथा कार्यक्रमअनुसार पहिलो पटक खोलामा माछाका भुरा छाडेको अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।

अबको १५ दिनमा थप पाँच हजार माछाका भुरा छोडिने र खोलालाई पालिकाको आर्जनका माध्यम बनाउने तिवारीले बताउनुभयो । धेरै ठाउँमा खोलालाई माछामार्फत आय आर्जनमा जोडिएको र विज्ञसगँको छलफल गरेर खोलामा माछाका भुरा हालेको बताउनुभयो । पालिकाले खोलाको तीन किलोमिटर क्षेत्रमा चार ठाउँमा भुरा हालेको हो भने पालिकाले आगामी आर्थिक वर्षमा एक लाख भुरा खोलामा छाड्ने योजना बनाएको छ ।

खोलामा माछाका भुरा हालेसँगै पालिकाले कुनै पनि तवरले खोलाका माछा मार्ने कार्य निषेध गरिएको प्रमुख प्रशासकीय अधिकृत उज्ज्वलबहादुर बस्नेतले बताउनुभयो । परम्परागत रुपले माछा मारी जीविकोपार्जन गरिरहेका समुदाय तथा व्यक्तिहरुले समेत माछा मार्न नपाउने र दैनिक जीविकोपार्जनमा कठिनाइ उत्पन्न हुने अवस्था आइपरेमा पालिकाले राहत उपलब्ध गराउनेछ ।

जीविकोपार्जनमा कठिनाइ भएका व्यक्ति वा समुदायलाई पालिकामा राहतका लागि निवेदन दिन पालिकाले सूचित गरेको छ । पालिकाले जिल्ला प्रशासन कार्यालय, भीरकोट नगरपालिकाको कार्यालय र अर्जुनचौपारी प्रहरी चौकीलाई समेत माछा मार्न निषेध गरिएको विषयमा जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेको छ ।पालिकाको आग्रह र निर्देशन विपरीत माछा मारेको भेटिएमा वा खबर पाइएमा कानुन बमोजिम कारबाही गरिने पालिकाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu