Connect with us
Kapilvast Forest

त्रिभुवन विश्वविद्यालयको साखलाई बचाइराख्नु सबैको जिम्मेवारी : प्रधानमन्त्री देउवा

२०७९, २४ असार शुक्रबारमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयको साखलाई बचाइराख्नु सबैले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभएको छ ।

त्रिभवन विश्वविद्यालयको ६३ औं वार्षिक दिवसको अवसरमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति एवम् त्रिभुवन विश्वविद्यालय सभाका अध्यक्ष देउवाले सभालाई सम्बोधन गर्दै शुक्रबार यस्तो विचार राख्नुभएको हो ।

आजभन्दा ६३ वर्ष पहिले मुलुकमा उच्चशिक्षाको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले स्थापित त्रिभुवन विश्वविद्यालयले अनेक आरोहअवरोह पार गरेको छ । यस अवस्थासम्म आइपुग्दा मुलुकमा लाखौंको सङ्ख्यामा दक्ष र उच्च जनशक्ति विकास गरी राष्ट्रको समग्र आर्थिक सामाजिक विकासमा अतुलनीय योगदान पु-याएको छ ।

प्रधानमन्त्रीले विश्वविद्यालयका समस्त प्राज्ञिक वर्ग, पदाधिकारी, कर्मचारी तथा विद्यार्थीहरूलाई उहाँहरूले विश्वविद्यालयको विकास, विस्तार र स्तरोन्नतिमा निर्वाह गरेको भूमिकाका लागि आभार व्यक्त गर्नुभएको छ ।

विश्वविद्यालयका अध्ययन संस्थान र सङ्कायहरुबाट विभिन्न विषयमा आवश्यक मापदण्ड पूरा गरी तोकिएको परीक्षा उत्तीर्ण भई ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थीहरूको ग्रेस लिस्ट पारित गर्न बसेको आजको सभामा प्रधानमन्त्रीले विभिन्न विषय र तहको उच्च उपाधि प्राप्त गर्न सफल सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उहाँहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय नेपालको जेठो, सुप्रतिष्ठित र सबैभन्दा बढी शिक्षित जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था हो । सम्बोधनको क्रममा प्रधानमन्त्रीले आगामी वर्षको बजेट तथा कार्यक्रमले विश्वविद्यालयको प्राज्ञिक स्तरलाई उकास्न तथा विभिन्न भौतिक सुधारमार्फत विश्वविद्यालयलाई आधुनिक सुविधा सम्पन्न शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, हाम्रो सन्दर्भमा आर्थिक हैसियत भएका सीमित वर्ग र व्यक्तिहरूको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मेरो मान्यता छ । समाजका सबै वर्ग र समुदायले सहज र सुलभ रूपमा उच्चशिक्षा प्राप्त गरी समाजका लागि उपयोग गर्नसक्ने वातावरण निर्माण गर्नु आज हाम्रो राष्ट्रिय दायित्व हो ।

विश्वविद्यालयबाट सञ्चालित उच्चशिक्षालाई विश्व परिवेश अनुकूल बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी यसका प्राज्ञिक कार्यक्रमलाई थप सुधार र परिमार्जन गर्दै अघि बढ्नु आवश्यक रहेको भनाइ प्रधानमन्त्रीको छ ।

विश्वविद्यालयको प्राज्ञिक कार्यक्रमलाई स्तरोन्नति गर्दै उच्चशिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीहरूलाई उनीहरूको रुचि र बजारको माग अनुसारको शिक्षा स्वदेशमै प्राप्त गर्न सक्ने वातावरण बनाउन उहाँले जोड दिनुभयो ।यसबाट प्रतिभा पलायन रोक्न र उच्चशिक्षाको नाममा खर्च हुने राष्ट्रको ठ्लो धनराशि जोगाउन मद्दत पुग्ने हुँदा यसतर्फ ध्यान दिन प्रधानमन्त्रीले विश्वविद्यालयका पदाधिकारीसँग विशेष आग्रह गर्नुभयो ।

यसैगरी, विश्वविद्यालयले निश्चित शैक्षिक क्यालेण्डर बनाई सोही अनुसार समयमा नै पठनपाठन सम्पन्न गर्दै नतिजा प्रकाशित गरी समयको सदुपयोग गर्न पनि जोड दिँदै प्रधानमन्त्रीले विश्वविद्यालयबाट आर्जन गरिने शिक्षालाई जीवनोपयोगी, व्यावहारिक र रोजगारमूलक बनाउन ध्यान दिन सबैमा आग्रह गर्नुभयो ।

विद्यालय शैक्षिक बेरोजगार उत्पादन गर्ने नभई मुलुकको विभिन्न क्षेत्रमा आवश्यक जनशक्ति पूर्ति सक्ने, समाजको विकास र परिवर्तनको लागि नेतृत्व लिन सक्ने तथा नवप्रवर्तनशील उद्यम तथा व्यवसाय सिकाउने शैक्षिक केन्द्र बन्न सक्नुपर्दछ ।

प्रधानमन्त्रीले भन्नुभयो, विश्वविद्यालयबाट प्रदान हुने उच्च शिक्षालाई प्रविधि मैत्री र अनुसन्धानात्मक बनाउनु आवश्यक छ । यस्तो गर्न सकिएमा विद्यार्थीहरू थप लाभान्वित हुनुका साथै प्रतिस्पर्धा गर्नसक्ने क्षमता र सीप पनि विकास हुन जान्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu