Connect with us
Kapilvast Forest

गाउँपालिका जान दुई जिल्ला पार गरेर जानुपर्ने सकस

२०७९, २४ असार शुक्रबारमा प्रकाशित

तम्घास- जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र जान दुई जिल्ला पार गरेर जानुपर्ने बाध्यता भोग्न यहाँका नागरिकहरु अहिलेसम्म बाध्य छन् ।जिल्लाको कालीगण्डकी गाउँपालिकाको अर्बेनीदेखि पुर्तिघाट सडकखण्डको कनौटामा सडक माथिबाट ठूलो पहिरो खसेका कारण सडक अवरुद्ध हुँदा यहाँका स्थानीयले सास्ती भोग्नु परेको हो ।

असार १६ गतेदेखि सडक माथिबाट ठूलो पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ । गाउँपालिकाको केन्द्र पुर्तिघाट जानका लागि स्याङजाको सेतिबेनी र पर्वतको बिहादी गाउँपालिका हुँदै कालीगण्डकी नदीको पुल तरेर जानुपर्ने बाध्यता आएको स्थानीय तिलक रानाले गुनासो गर्नुभयो ।राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर लामो समयसम्म अवरुद्ध हुनु दुःखद भएको रानाले बताउनुभयो ।

यस्तै, गुल्मी जिल्लाको सदरमुकाम तम्घासदेखि कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट जाँदा आफूहरुले निकै सास्ती भोग्नु परेको अधिवक्ता हीरा कुँवरले बताउनुभयो ।आफूहरु बिहान ७ बजे सदरमुकामबाट यात्रा गरे पनि साँझ करिब ४ बजेमात्र विभिन्न झन्झटहरु भोग्दै दुःखका साथ गाउँपालिकाको केन्द्र पुर्तिघाट पुगेको बताउनुभयो ।

सडक सहज भएमा सदुमुकामदेखि करिब ४ घण्टाको समयमा गाउँपालिकाको केन्द्र पुर्तिघाटमा पुग्न सकिन्छ ।सडक अवरुद्ध हुँदा हर्मिचौ, अर्वेनी, जयखानीका सेवाग्राहीहरु गाउँपालिकाबाट सेवा लिन बञ्चित भएका छन् भने सवारी साधनहरु पनि चल्न सकेका छैनन् ।नेपाली सेनाले बम विष्फोट गराएर खोलेको कालीगण्डकी करिडोरको हर्मिचौर पुर्तिघाट सडकखण्डमा सामान्य पानी परे पनि पहिरो खस्ने समस्याले विगतदेखि नै आफूहरु हैरान भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले गुनासो गर्नुभयो ।

विगतका वर्षहरुदेखि नै यो समस्याले आफूहरुलाई सताएको भन्दै पहिरो पन्छाउनमा गाउँपालिकाको धेरै बजेट खर्चिनु परेको उहाँको भनाइ छ । स्थानीय सरकार भएकाले पनि बाटोलाई पहिरोका कारण अवरुद्ध राख्न नहुने भएकाले पहिरो पन्छाउनुपर्ने र धेरै रकम खर्चिन बाध्य भएको थापाले बताउनुभयो ।

पहिरोका कारण पुुर्तिघाटदेखि बुटवलसम्म छुट्ने सवारी साधनहरु र यात्रुहरु अलपत्र पर्ने गरेका छन् भने कार्यालयको कामले गाउँपालिकासम्म जान पनि समस्या पर्ने गरेको यात्रुहरुले बताउँदै आएका छन् ।

कालीगण्डकी करिडोर गैडाकोट, राम्दी, मालढुंगा सडक आयोजना पाल्पाका प्रमुख कल्पना अधिकारीले पहिरो पन्छाउनका लागि मेसिन फिल्डमै भएको र काम भइरहेको उहाँको भनाइ छ ।केही समय अगाडिदेखि करिडोरको पहिरो पन्छाउने कार्य करिडोरको कार्यालयले गर्ने व्यवस्था मिलाएको थियो । यसअघि कार्यालयमा मर्मत सम्भारका लागि बजेटको व्यवस्था नभएकाले समस्या भएको र हाल बजेटको व्यवस्था भएकाले समस्याको समाधान भएको अधिकारीको दाबी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu