Connect with us
Kapilvast Forest

दशैंमा आउने तयारीमा: परदेशी–२

२०७९, २४ असार शुक्रबारमा प्रकाशित

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी–२’ को टिजर सार्वजनिक गरिएको छ । निर्माण युनिटले असोज १४ अर्थात आगामी दशैं प्रदर्शन मिति तोक्दै टिजर सार्वजनिक गरेको हो । टिजरमा गायक समेत रहेका प्रकाश सपूत, दिलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी लगायत देखिएका छन् । ‘परदेशी–२’ बाट सपुतले फिल्म अभिनय डेब्यू गरेका हुन् ।

वैदेशिक रोजगारीको कथा बुनिएकोमा ‘परदेशी’ सफल भएपछि बनाइएको यो फिल्ममा नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई कथावस्तु बनाइएको टिजरबाट अनुमान गर्न सकिन्छ । टिजरमा प्रेम, वियोग, संवेदना, द्धन्द्ध, गीत सबैको अंश मिश्रित छ । नारायण इन्टरनेशनल प्रालिको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीले मिलेर निर्माण गरेको फिल्मको कथा रमेश बिजीले लेखेका हुन् ।

फिल्ममा प्रकाश, दीलिप, प्रशान्त, केकी, वर्षाको अलवा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

बीबी अनुरागीको संगीत रहेको चलचित्रमा रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी छ । अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायाँकन रहेको फिल्म दीर्घ खड्काले सम्पादन गरेका छन् । फिल्मको वितरक काठमाडौंका लागि डिसीएन र काठमाडौं बाहिर एफडी कम्पनी रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu