Connect with us
Kapilvast Forest

धानको क्षतिपुर्ति रकम उपलब्ध गराउनु पर्ने भन्दै प्रजिअ मार्फत गुहमन्त्रीलाई ज्ञापन पत्र

२०७९, २४ असार शुक्रबारमा प्रकाशित

कपिलवस्तु-

बेमौसमी बर्षाले धान खेतीमा क्षति ब्यहोरेका कृषकहरुलाई यथाशीघ्र क्षतिपुर्तिको ब्यवस्था गर्न कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले प्रजिअ मार्फत गुह मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन ।

उनले सो माग गर्दे प्रजिअ धर्मेन्द्र कुमार मिश्रालाई ज्ञापन पत्र बुझाएका हुन । गत बर्ष असोज ३१ गते परेको बेमौसमी बर्षाले वडा लगायत जिल्लाभरका कृषकहरुका लाखौ मूल्यका धान खेतीमा क्षति भएको थियो ।

क्षति पछि वडा कार्यालयले क्षतिको बिवरण संकलन गरी नगरपालिका मार्फत संबन्धीत निकायमा बिवरण पठाउदा समते हाल सम्म कृषकहरुले क्षतिपुर्ति बापतको रकम नपाउदा वडामा दिनहु जसो कृषकहरु त्यस बारेमा आउने गरेको वडाध्यक्ष गैरले बताए ।

केही नगरपालिकाले धान खेतमा भएको क्षति बापतको क्षतिपुर्ति रकम पाएको सुन्नमा आएकोले त्यसले गर्दा आफु अप्ठेरोमा परेको उनले बताए । उनले क्षतिपुर्ति रकम यथाशीघ्र उपलब्ध गराउनु पर्ने जोडदार माग गरेका छन ।

यस्तै सोही ज्ञापन पत्रमा उनले अघोसित लोडसेटिङले जनताहरु मापरमा परको भन्दै त्यसको ब्यवस्थान गर्न समेत उनले ज्ञापनपत्रमा उल्लेख गरेका छन ।

यस्तै धान खेती बेलामा समेत किशानहरुले मलखाद नपउदा समस्या आएको भन्दै उनले मलखादको समेत समयमै आपुर्ति गर्न माग गरेका छन । ज्ञापन पत्र बुझाउने टोलीमा बडा सदस्य कल्लु यादव र पुर्व गाबिस सचिव यज्ञराम यादव समेत रहेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu