Connect with us
Kapilvast Forest

बिर्तामोडका लजमा दिउँसै यौनधन्दा: नौजना पक्राउ

२०७९, २५ असार शनिबारमा प्रकाशित

बिर्तामोड- झापाको बिर्तामोडस्थित पश्चिम स्टेनका विभिन्न होटलबाट यौनधन्दामा संलग्न रहेको आरोपमा प्रहरीले नौजना युवतीलाई पक्राउ गरेको छ ।
बिर्तामोड नगरपालिका–१ स्थित पश्चिम स्टेनका विभिन्न होटलमा दिउँसै यौनधन्दा हुने गरेको जनगुनासो बढेपछि शनिबार बिहान प्रहरीले छापामारी नौजना युवतीलाई पक्राउ गरेको हो ।

छापामार्ने क्रममा अदुवा खोला छेउमा रहेको एभरेष्ट होटलबाट सात र सूर्योदय टोलस्थित एक घरबाट दुईजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई यौनधन्दामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।अनारमनीका डीएसपी रूगमबहादुर कुबरका अनुसार प्रहरीले बिर्तामोड क्षेत्रका अन्य होटलमा पनि छापामार्ने क्रम जारी छ ।
पक्राउ पर्नेमध्ये एकजना बिरामी रहेकोले उसको हेरचाहका लागि अर्का एकजना गरी दुईजनालाई अस्पताल पठाइएको डीएसपी कुबरले जानकारी दिनुभयो ।

बाँकी सातजनालाई म्याद थपका लागि जिल्ला अदालत लगिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।पक्राउमा परेका युवतीहरु २० देखि ३० वर्षका रहेका र उहीहरु बिर्तामोड, भद्रपुर र हल्दीबारीका रहेको प्रहरीले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu