Connect with us
Kapilvast Forest

यमवुद्धको शालिक मेरो तलबबाट बनाउँछु : मेयर बालेन

२०७९, २५ असार शनिबारमा प्रकाशित

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिवंगत र्‍याप गायक यमवुद्धको शालिक आफ्नो तलबको रकमबाट बनाउने बताएका छन् ।
काठमाडौं महानगरपालिकाको बजेटबाट यमवुद्धको शालिक बनाउने घोषणा गरेपछि मेयर बालेन विवादमा परेका थिए ।

महानगरबासीको आवश्यकता भन्दा आफ्नो व्यक्तिगत चाहनाको योजनामा बजेट राखिएको भन्दै बालेनको विरोध भएको थियो । शनिबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै बालेनले आफ्नो तलबको रकमबाट यमवुद्धको शालिक बनाउने घोषणा गरेका हुन् ।

स्थानीय तहका पदाधिकारीले प्रदेश कानुन अनुसार सेवा सुविधा पाउने व्यवस्था छ । बागमती प्रदेश सरकारले बनाएको कानुनमा महानगरपालिकाका मेयरको मासिक सुविधा ४२ हजार रूपैयाँ तोकिएको छ । यसबाहेक सञ्चार सुविधामा मेयरले मासिक ३ हजार रुपैयाँ पाउने छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu