Connect with us
Kapilvast Forest

सयौँ वर्षदेखि अझै लोकप्रिय धनकुटाका हाटबजार

२०७९, २६ असार आईतवारमा प्रकाशित

धनकुटा- ठुला बजार र मुद्रा अभावमा बस्तु विनियम प्रथालाइ सहजरुपमा सञ्चालन गर्न सयाैँ वर्ष अघि गाँउघरवाट हाटबजार सुरु भएको थियो ।तरबस्तु विनियम प्रथाको अन्त्य भई ठुलाठुला सहरवजारको बिकास भएपनि धनकुटामा स्थानीय स्तरमा लाग्ने हाटबजारको लोकप्रियता अहिले पनि उत्तिकै छ ।

बजारको पहुँच भन्दा टाडा हुनेहरुका लागि दैनिक अत्यावस्यकीय सामाग्री स्थानीयस्तरमै उपलब्ध गराउने एउटा माध्यम हो हाटबजार । ठुला बजार र मुद्रा अभावमा बस्तु विनियम प्रथालाइ सहजरुपमा सञ्चालन गर्न सयौ बर्ष अघि गाँउघरवाट बजारको सुरुवात भएको विश्वास गरिन्छ ।

धनकुटामा हरेक गाँउ सडक सञ्जाल मार्फत जोडिइसकेका छन् । दैनिक उपभोग्य सामाग्री गाँउगाँउमै उपलब्ध हुन्छ, तर पनि धनकुटामा यस्ता हाटबजारको उत्तिकै महत्व छ ।

बजारको पहुँच भन्दा टाडा हुनेहरुका लागि दैनिक अत्यावस्यकीय सामाग्री स्थानीयस्तरमै उपलब्ध गराउने एउटा माध्यम हो हाटबजार

स्थानीय हाटबजारमै दैनिक उपभोग्य सामान सहित कपडा,जुत्ता,चप्पल श्रृगारका सामाग्री तथा कृषिजन्य उत्पादन पाउने भएपछि समयको बचत हुने भएकाले यसको लोकप्रियता बढेको धनकुटा शहिदभुमी गाँउपालिकाका बासिन्दा मात्रृका राई बताउनुहुन्छ ।

स्थानीय साप्ताहिक हाटबजारमा दैनिक उपभोग्य बस्तु सबै पाइन्छ अनि गाउँमा भएको थोरैथोरै कृषिजन्य उत्पादनको विक्रीपनि हाटबजारनै हो । धनकुटामा सुपरमार्केटको अभाव भने होइन तर पनि सवैको विश्वास हाटबजारमै हुने गरेको राई बताउनुहुन्छ ।

धनकुटाको हाटबजार गाउँ र सहरबजारबासीको भेट गराउने स्थल पनि बनेको छ । यहाँ गाँउमा उत्पादन भएका तरकारी फलफूल र दैनिक उपभोग्य सामाग्री खरिदको लागि गाँउगाँउवाट बजारसम्म पुग्ने गर्दछन् । त्यस्तै बजारका बासिन्दा तिनै कृषिजन्य उत्पादन खरिद गर्न तथा उद्योगवाट उत्पादित सामाग्री लिएर हाट बजार पुग्ने गरेका छन् ।

यस्ता हाट बजारले स्थानीय स्तरको कलासंस्कृतिसँग जोडिएका सामाग्री समेत पाउने भएकाले स्थानीय कलासंकृतिको संरक्षण र प्रबद्र्धन गर्न सहयोग गरेको धनकुटा आखिसल्लाका कमलबहादुर परियार बताउनुहुन्छ ।

गाँउमा उत्पादन भएका तरकारी फलफूल र दैनिक उपभोग्य सामाग्री खरिदको लागि गाँउगाँउवाट बजारसम्म पुग्ने गर्दछन्
हाल धनकुटा जिल्लाको धनकुटा सदरमुकाम, हिले, छिन्ताङ्ग, सिदुवा, आखिसल्ला, काजिमाने फलामेटार सहित दुई दर्जनभन्दा बढि स्थानमा साप्ताहिक हाटबजार लाग्ने गरेको छ ।

यस्ता हाट बजारवाट कर संकलन हुने भएकाले गाँउपालिका र नगरपालिकाको आम्दानीको स्रोत पनि हुने गरेको छ । स्थानीय तहले आबश्यक्ता अनुसार अन्य स्थानमा समेत हाटबजार परीक्षण स्वरुप थप्ने तयारी गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu