Connect with us
Kapilvast Forest

पूर्वमन्त्री शेर्पा सवार कार दुर्घटना: हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै

२०७९, २६ असार आईतवारमा प्रकाशित

काठमाडौं– पूर्वमन्त्री एवं नेकपा एमालेका नेता कृपासुर शेर्पा सवार निजी कार सिन्धुलीमा दुर्घटनामा परेको छ ।शुक्रबार जिल्लाको कमलामाईनगरपालिका–१४, चन्दनपुरमा उनी सवार कार तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी विमलराज कडेँलले बताए ।

शेर्पा सवार कारमा आदिवासी जनजाति महासंघका पूर्वमहासचिव पेम्बा गुरुङ, पूर्वकेन्द्रीय उपमहासचिव देवराज राई, ५० वर्षीय गणेश थापा लगायत सवार थिए । तीनजनाको अवस्था गम्भीर छ ।

पूर्वमन्त्री शेर्पाको चाहिँ बाहिरी चोट नदेखिएको एसपी कँडेलले जनाए । चारैजनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको उनको भनाइ छ । घाइतेको थप उपचार ट्रमा सेन्टरमा हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu