Connect with us
Kapilvast Forest

कोभिड–१९ सङ्क्रमण वृद्धिपछि इरानले प्रवेशमा पुनः कडाइ गर्दै

२०७९, २६ असार आईतवारमा प्रकाशित

कोभिड सङ्क्रमण दरमा पुनः वृद्धि हुन थालेको भन्दै इरानले आफ्नो सीमाना र हवाई नाकालाई कडा पार्ने घोषणा गरेको छ ।सङ्क्रमणमा हालै भएको वृद्धिलाई उद्धृत गर्दै इरानी राष्ट्रपति इब्राहिम रायसीले यात्रुहरूले कोभिड परीक्षण र ईरानी स्वास्थ्य नियमहरूको पूर्ण पालना गरेर मात्र इरानमा प्रवेश पाउने बताएका छन्।

इरानी विशेषज्ञले ओमिक्रोनका दुई द्रूत गतिमा फैलिएका उप–प्रजातीहरू आगामी हप्ताहरूमा इरानकम समस्याको रूपमा आउनसक्ने बताएका छन् ।
इरानी राष्ट्रपति कार्यालयका अनुसार कोभिड–१९ महामारीविरूद्धको राष्ट्रिय समितिको बैठकमा गरेको आफ्नो सम्बोधनमा रायसीले इरानलाई सबै भूमि, वायु र समुद्री प्रवेश नाकाहरूमा स्वास्थ्य नियम र निर्देशनहरू अझ कडा सँग पालन गर्न गराउन निर्देशन दिएका छन्।

उनले कोभिड–१९ खोपको अतिरिक्त मात्रा लिनुपर्ने आवश्यकताबारे बोल्दै सबै नागरिकलाई यसका लागि सचेतना फैलाउने कार्यक्रम लिएर जान समितिलाई निर्देशन दिएका छन्।

आधारभूत स्वास्थ्य समस्या भएकाहरूले विशेष गरी सावधानी अपनाउनुपर्ने भन्दै उनले प्राथमिकताका आधारमा कोभिड–१९ विरूद्धको अतिरिक्त खोप अभियान देशैभरी तुरून्तै पुर्‍याउनुपर्नेमा पनि जोड दिएका छन्।इरानी स्वास्थ्य मन्त्रालयका अनुसार अप्रिल २७ पछि सोमबार पहिलो पटक इरानको दैनिक सङ्क्रमण दर एक हजारभन्दा बढी देखिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu