Connect with us
Kapilvast Forest

सगरमाथा साहित्य प्रतिष्ठानको अध्यक्षमा अजित चयन

२०७९, २६ असार आईतवारमा प्रकाशित

काठमाडौं- सगरमाथा साहित्य प्रतिष्ठानको नयाँ अध्यक्षमा अजित उत्सव चयन भएका छन् । प्रतिष्ठानको हिजो सम्पन्न केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई केन्द्रीय अध्यक्षका रुपमा चयन गरेको हो । संस्थाले तत्कालिन अध्यक्ष जीबित खड्का मगरलाई हटाएर बाँकी कार्यकालका लागि अध्यक्षका रुपमा कवि उत्सवलाई सर्बसम्मतिले सो जिम्मेबारी सुम्पेको हो ।

शनिबार राती भएको जुम बैठकमा संस्थाका केन्द्रीय पदाधिकारीहरु, बिभागिय प्रमुखहरु र पदाधिकारीहरु, नेपाल शाखाका अध्यक्ष, प्रदेश अध्यक्षहरु, संस्थाका केन्द्रीय संरक्षकहरु लगायतको उपस्थिती रहेको थियो । प्रतिष्ठानको नेतृत्वमा आएका अजित उत्सव यसअघि सो संस्थाको बरिष्ठ उपाध्यक्ष थिए । बैठक उनकै अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिष्ठानको केन्द्रीय कार्यालय मध्यपूर्बको युएईमा रहेको छ । यो संस्थाले हरेक बर्ष साहित्यका बिबिध बिधामा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र पुस्तक प्रकाशन समेत गर्दै आएको छ । नेपाल लगायतका देशमा यसका शाखा रहेका छन् ।

सगरमाथा साहित्य प्रतिष्ठानमा २०१७ तिरबाट आबद्ध अजित उत्सब केन्द्रीय कार्यसमितिको सदस्य, सचिब, बरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा चयन भएका हुन् । उनी यसअघि प्रतिष्ठानले आयोजना गरेको बिश्वब्यापी नेपाली कविता प्रतियोगिताको सह(संयोजकरसंचार बिभाग प्रमुख समेत रहिसकेका छन् । उनी प्रतिष्ठानको नेपाल इन्चार्ज समेत हुन् ।

स्याङ्जा जिल्लामा जन्मेहुर्केका कवि उत्सवको हालको ठेगाना पोखरा हो । उनी बिगत एक दशक भन्दा बढी समयदेखी युएईमा कार्यरत छन् । हाल उनी आबुधाबीमा सुपरभाईजरका रुपमा कार्यरत छन् । उनको हालसालै ‘आकाशगङ्गाको किनार’ नामक कविता संग्रह बजारमा आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu