Connect with us
Kapilvast Forest

राष्ट्रपति रनिङ सिल्ड : काठमाडौं टिम च्याम्पियन

२०७९, २८ असार मंगलवारमा प्रकाशित

काठमाडौं- बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा काठमाडौं १५ स्वर्ण, ५ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको थियो ।

बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको प्रतियोगितामा चितवन १४ स्वर्ण, १२ रजत र ३ कांस्यसहित दोश्रो भयो । ललितपुरले तेश्रो स्थानमा चित्त बुझायो । ललितपुरले ८ स्वर्ण र २ रजत जितेको थियो ।

यसैगरी सोमबार सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद अन्तर्गत तेक्वान्दो खेलमा काठमाडौं नै टिम च्याम्पियन बनेको छ । काठमाडौं ४ स्वर्ण र १ कांस्यसाथ टिम च्याम्पियन बनेको हो । १ स्वर्ण, १ रजत र ३ कांस्यसाथ ललितपुर दोश्रो भयो । तेश्रो स्थानको काभ्रेले १–१ स्वर्ण, रजत र कांस्य जित्यो । प्रतियोगिताको पुरुषमा काभ्रेका किरण तामाङ तथा महिलामा ललितपुरकी समता जिरेल उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । सो अवसरमा कोटेश्वर तेक्वान्दो डोजाङले तेक्वान्दो खेलको विकास र विस्तारमा योगदान पु¥याएवापत आईओएफटीसीका निर्देशक दिवाकर महर्जन र तेक्वान्दोका प्रेम भुजेललाई प्रशंसा पत्रसहित सम्मान गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu