Connect with us
Kapilvast Forest

प्रचण्ड भारत जाँदै , हाेला त माेदिसंग भेट

२०७९, ३१ असार शुक्रबारमा प्रकाशित

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदैहुनुहुनछ । भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जान लाग्नुभएकाे हाे ।            उहाँलाई भाजपाले पार्टी मुख्यालयमा स्वागत गर्ने भएको छ । भाजपा अध्यक्ष जेपी नड्डासँग आजै भाजपा मुख्यालयमा भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ ।

तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल बीच भेटवार्ता तय भएको छ । यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि प्रचण्डको भेट तय गरिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ताको तयारी रहे पनि समय निश्चित नभएको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu