Connect with us
Kapilvast Forest

कालिका भगवती मन्दिर थप आकर्षक बनाउने तयारी

२०७९, ७ श्रावण शनिबारमा प्रकाशित

बागलुङ- प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरको विकासको लागि गुठी व्यवस्थापन समितिले हालै पञ्चवर्षीय योजना तयार गरेको छ । गुठी व्यवस्थापन समितिमा नयाँ कार्यसमिति चयन भएपछि मन्दिरलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ ३१ बुँद्दे रणनीतिक योजना सार्वजनिक गरेको हो ।

समितिले मन्दिरलाई संरक्षण, थप कलात्मक तथा पुरातात्विक तथा सामाजिक क्षेत्रमा लगानी गर्ने योजना सार्वजनिक गरेको छ । मन्दिर परिसरमा जीर्ण संरचना पुरानै शैलीमा पुनःनिर्माण, मन्दिर बाहिर विद्याश्रम र धर्मशाला, धार्मिक संग्रहालय, अखण्डधुनी निर्माण तथा हवन कुण्ड निर्माण गर्ने योजना समावेश गरेको गुठी व्यस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनु भयो ।

पाँच वर्षमा गर्न सक्ने काम मात्रै योजनामा समावेश गरिएको अध्यक्ष खड्काको दावी छ । अपाङ्ग मैत्री संरचना, भक्तजनको संख्या गणना गर्न सक्ने क्यामेरा, सिसि क्यामेरा तथा आफ्नै वेभसाइट निर्माण गर्ने योजना छ ।

मन्दिरमा दुई स्थानमा सुरक्षा गेट, मन्दिर आसपासको जंगलमा पाइने वन्यजन्तुको संरक्षण गर्ने योजना छ । उक्त घनाजंगलमा चितुवा, मृग, बाँदर, कालिजजस्ता वन्यजन्तु तथा चराचुरुङ्गी पाइन्छन् ।

समितिले सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर परिसरमा योगस्थल निर्माण, कालिका भगवती एम्बुलेन्स, शवबहान तथा दमकल सञ्चालन, गरीब जेहेन्दार अनाथ तथा असहाय बालबालिकाको शिक्षाको लागि अभिभावकत्व ग्रहण गर्न शैक्षिक कोष निर्माण गर्ने जस्ता सामाजिक कामलाई पनि आत्मसाथ गरेको अध्यक्ष खडकाको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu