Connect with us
Kapilvast Forest

निर्वाचनको मिति घोषणा हुनु खुसीको कुरा हो : सुवास नेम्वाङ

२०७९, २१ श्रावण शनिबारमा प्रकाशित

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको मिति घोषणा हुनु खुसीको कुरा भएको बताएका छन्। प्रेस चौतारी दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व-सभामुख नेम्वाङले अब मुलुकमा उत्पन्न धेरै गतिरोधहरू निर्वाचनले मात्रै किनारा लगाउने बताउनु भयो ।

नेकपा एमालेको निरन्तर दबाबका कारण गठबन्धन सरकारले निर्वाचन घोषणा गरेको भएपनि विद्यमान अन्यौलको परिस्थितिमा सबै कुराको छिनोफानो गर्न तागत जनतासँग भएको हुँदा आफ्नो दल खुसी भएको नेम्वाङले जनाएका हुन्।

प्रमुख प्रतिपक्षी दल हुनुको नाताले एमालेले सडक र संसदमा उठाउँदै आइरहेका अनुउत्तरित प्रश्नहरूको छिनोफानो गर्ने तागत जनतासँग मात्रै रहेको हुँदा निर्वाचन अपरिहार्य रहेको उनले तर्क गर्नु भयो ।

उनले अहिलेको परिस्थितिमा नेकपा एमालेसँगै एक्लै भिड्न सक्ने हैसियत कसैको पनि नभएको जिकिर गरे। सत्ता गठबन्धन नै एमालेको विजयको आधार सुनिश्चित हुनु हो नेम्वाङले भने एमालेविरूद्ध गठबन्धन नगरी लड्न सकिँदैन भन्ने अवस्थामा नेपाली कांग्रेस लगायतका दलहरू पुग्नु नै एमालेको विजयको आधा आधार तयार हुनु हो।

एमालेले सुरूदेखि नै निर्वाचन केन्द्रित कार्यक्रम गर्दै आएको हुँदा निर्वाचनको तयारीमा आँफुहरू पहिलेदेखि नै लागिसकेको बताए।आज म घोराहीमा छु र बेलुका काठमाडौं फर्किएर भोलि इलाम पुग्ने छु उनले भने अहिले हामी देशभर निर्वाचनकेन्द्रित प्रशिक्षण र अभियान चलाइरहेका छौं र हामी जनताको विश्वास गरी मैदानमा उत्रिने छौं।

त्यस्तै उनले विचार आदर्श केही नमिल्ने दलहरू बीचको गठबन्धन केबल सत्तामा बस्न र एमालेलाई रोक्नका लागि गरिएको दूषित गठबन्धन मात्रै भएको संज्ञा दिए।
नेम्वाङले भावना र विचार मिल्ने जो कुनै दलसँग आवश्यकताका आधारमा एमालेले चुनावी तालमेल गर्न सक्ने सम्भावना नकार्न नमिल्ने बताए।
फरक प्रशंगमा उनले सर्वौच्च अदालत कार्यवाहक प्रधानन्यायाधीशको भरमा चलाउनू दुर्भाग्यपूर्ण अवस्था मान्नुपर्ने तर्क गरे।

प्रधानन्यायाधीश सम्बन्धी महाअभियोग प्रस्ताव संसदमा छ, तर त्यो अगाडि बढेको छैन उनले भने देशको प्रधानन्यायाधीश निलम्बनमा गएको अवस्था छ र सर्वोच्च अदालत कार्यवाहक न्यायाधीशले चलाउनु भनेको दुर्भाग्यपूर्ण हो ।

यति लामो समयसम्म कार्यवाहक प्रधानन्यायाधीशले सर्वोच्च चलाउनु पनि गैरजिम्मेवारपनको हद पार भएको उनले बताए । मुलुकको आर्थिक स्थिति गम्भीर अवस्थामा पुगेको भन्दै उनले कतै नेपाल–श्रीलंकाको बाटोतिर गइरहेका त छैन भनेर चिन्ता भएको बताए।

त्यस्तै नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बनेको संसदीय छानबिन समितिको प्रतिवेदनले थप प्रश्नहरू उब्जाएको दाबी गरे । अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको विषयबारे छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदनले प्रश्नको जवाफ दिनुको साटो थप प्रश्न उब्जाएको छ उनले भने छानबिन समिति जे प्रश्नको उत्तर दिनु पर्ने हो त्यो दिन सकेन बरु थप प्रश्नहरू मात्रै जन्माएको छ।

एमालेले सिसीटिभी फूटेज मागेको भएपनि त्यो डिलिट गरिएको फोन कल डिटेल र मोबाइल लोकेसन हेर्न रोक लगाउनुले थप प्रश्नहरू उब्जाएको उनले दाबी गरे।त्यस्तै फरक प्रशंगमा उनले बिहेगरी ल्याइएका विदेशी बुहारीलाई दोस्रो दिन नै नागरिकता प्रदान गर्ने विषय प्रति आपत्ति जनाए।हामीले सात वर्षको प्रावधान राख्नुपर्छ भनेर संशोधन पेश गरेका थियौं उनले भने तर हामीले पेश गरेका कुराहरू हटाएर बिहे गरेको दोस्रो दिन नै नागरिकता दिने प्रावधान राख्नु गलत हो।

उपाध्यक्ष नेम्वाङले एमप्रसाद अधिकारी भन्ने व्यक्तिबारे पार्टीले स्पष्ट पारिसक्दापनि नागरिकता विधेयकसँग सौदाबाजी भयो भन्नु गलत प्रचार भएको भन्दै बचाउ गरे।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu