Connect with us
Kapilvast Forest

बुटवलमा लामखुट्टे खोज र नष्ट गर अभियान सुरु

२०७९, २६ श्रावण बिहीबारमा प्रकाशित

Butwal_NewsCeNterNepal

लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग (उच्च ज्वरो) का बिरामी बढेपछि बुटवलमा लामखुट्टे खोज र नष्ट गर अभियान सुरु भएको छ । बुटवल उपमहानगरपालिकाले लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्ने र बासस्थान सरसफाइ अभियान चलाएको हो ।

पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन नहुने र निरन्तर सरसफाइ गर्नुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले दिउंसोमा टोक्ने लामखुट्टेबाट डेंगु संक्रमण हुने भएकाले शरीरका सबै भाग छोपिने कपडा लगाउन सुझाव दिए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्ला दिनमा दैनिक १५/१६ जनामा डेंगुको संक्रमण देखिएको अस्पतालका प्रवक्ता डा. नेत्र रानाले बताए । ‘अस्पतालमा आएका बिरामीमध्ये डेंगुको शंका लागेर परीक्षण गराउने ४० देखि ४५ प्रतिशतको रिपोर्ट पोजिटिभ आउने गरेको छ’- डा. रानाले भने । बिरामी बढेपछि जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयमसेविकाको सहभागितामा लामखुट्टे खोज र नष्ट गर अभियान सुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

बुटवलमा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम उपमहानगरपालिकाले गरिरहेको उनले बताए ।

बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले वडा नं. १, ५ र ६ मा खोज र नष्ट गर अभियान सञ्चालन भइसकेको र सम्भावित अन्य क्षेत्रमा अभियान सञ्चालनको क्रममा रहेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu