Connect with us
Kapilvast Forest

चेल्सी र टोटनहमको रोमाञ्चक बराबरी

२०७९, ३० श्रावण सोमबारमा प्रकाशित

ह्यारी केनले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेपछि चेल्सी र टोटनहमले प्रिमियर लिगमा २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

लण्डन डर्बी खेलमा चेल्सीले दुई पटक अग्रता लिएर पनि कायम राख्न सकेन । दोस्रो हाफमा खेल तनावपूर्ण बन्दा दुवै टिमका प्रशिक्षकले रातो कार्ड पाएका थिए ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा कालिडोउ काउलबेलीले १९औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर ६८औं मिनेटमा पिएरे एमिल होएभरले टोटनहमका लागि बराबरी गोल फर्काए ।

रिस जेम्सले ७७औं मिनेटमा गवल गर्दै चेल्सीलाई फेरि अग्रता दिलाउँदै जित नजिक पुर्‍याएका थिए । तर इन्जुरी टाइममा इभान पेरिसिकको कर्नरमा केनले हेडमार्फत गोल गर्दै टोटनहमको हार टारे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu