Connect with us
Kapilvast Forest

कपिलवस्तुमा उर्स कार्यक्रम हुने, सबैलाई सहभागी हुन् आयोगका सदस्य मिर्जाको आग्रह

२०७९, ३१ श्रावण मंगलवारमा प्रकाशित

कपिलवस्तु- नेपाल मुस्लिम आयोगका सदस्य माननीय मिर्जा अरशद बेगले कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगरमा रहेको धर्मगुरु स्व मुफ्ती अतिकुर्रहमान खा“ साहब (बाबा ए मिल्लत) को स्मरणमा गरिन लागेको उर्स कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ ।

कृष्णनगर नगरपालिका वडा नं ३ को लक्ष्मीनगरमा रहेको मदरसा अहले सुन्नत फैजे मुस्तफा अतिकियाको परिसर भित्र आगामी शुक्रवार बाबा ए मिल्लतको उर्स कार्यक्रममा विशेष कार्यक्रम आयोजना गरिंदैछ ।

सदस्य बेगले उक्त कार्यक्रममा सहभागि भएर श्रद्धा बढाइदिन सबै धर्म र जात जातीका समुदायलाई आग्रह गरेका छन् । “यो मुस्लिम समुदायका व्यक्तिको मात्र खुसियाली होइन”, उनले भने, “जातीय र धार्मिक सद्भाव कायम गराउन उहा“को भूमिका भएकाले यो उर्स कार्यक्रममा सबै समुदायका व्यक्तिहरुलाई सहभागी भइदिन म आग्रह गर्दछु ।”
प्रत्येक बर्षको हिजरी सम्बत्को मोहर्रम महिनाको २० तारिखका दिन उनको स्मरणमा “उर्स कार्यक्रम” मनाइने गरिन्छ ।

३९ औं स्मरण दिवसमा बेगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, मुस्लिम आयोगका अध्यक्ष समिम मिया“ अन्सारी, लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूदमन्त्री वसीउद्दीन खा“, भौतिक पूर्वाधामन्त्री सहसराम यादव र पर्यटन ग्रामीण तथा सहरी विकास राज्यमन्त्री रिना नेपालल गायतलाई आमन्त्रण गरिएको छ ।

उर्स कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतलगायत कार्यालयका प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरुलाईसमेत आमन्त्रण गरिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu