Connect with us
Kapilvast Forest

तिज महोत्सवले आपसी सदभाव कायम गर्छ: सांसद केसी

२०७९, २ भाद्र बिहीबारमा प्रकाशित

कपिलवस्तु – हिन्दु महिलाहरुको महान चाड हरीतालिका तिजको अवसरमा कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा तिज महोत्सव २०७९ आजबाट सूरु भएको छ । पर्यटन प्रवद्र्धन, कला र संस्कृति जर्गेना गर्ने मुख्य उद्देश्यले बिहिबारदेखि संचालन भएको तिज महोत्सवको लुम्विनी प्रदेश सांसद अर्जुन कुमार केसीले उद्घाटन गर्नु भएको हो । महोत्सवको उद्घाटन गर्दै सांसद केसीले नेपालीहरुका मौलिताको जर्गेना गर्न र स्थानिय कलाको प्रस्फुटन गर्न महोत्सवले टेवा पुयौउने बताउनुभयो । यस्ता खालका मेला महोत्सवले आपसि सदभावको बिकाश र स्थानिय क्षेत्रहरुको प्रचारका साथै व्यापारीक केन्द्र र चन्द्रौटालाई आर्थिक चहलपहल बढाउने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले सांस्कृतिको उत्थाको निम्ती यो मेलाले टेवा पुराउने विश्वास ब्यक्त गर्दै आफ्नो क्षेत्रको प्रचार र विकाशका लागि अरुको मुख ताक्न भन्दा पनि अवैले आ आफनो ठाँउबाट सुरु गर्नुपर्नेमा जोड दिनु भयो । साथै मेललाले शिवराजको गरीमालाई अझै चौडा पार्ने विश्वास ब्यक्त समेत गर्नु भयो ।

साथै हरीतालिका तिजको अवसरमा आज देखि संचालन भएको तिज महोत्सवमा शिवराज नगर पालिका उप प्रमुख नेकपा एकिकृत समाजवादिका केन्द्रिय सदस्य मिना परियार, लोकतान्त्रिक समाजवादिका प्रदेश अध्यक्ष रविद्धत्त मिश्र, उध्योगवाणिज्य संघका केन्द्रिय सदस्य जमसेद अलिमिया, ब्यापार संघ का केन्द्रिय सदस्य महादेव पोख्रेल, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडा, विभिन्न राजनितिकदलका प्रतिनिधि, विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले महोत्सवको सफलतको शुभकामना गरेका थिए

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu