Connect with us
Kapilvast Forest

कपिलवस्तुमा शंकास्पद वस्तु भेटियो

२०७९, ७ भाद्र मंगलवारमा प्रकाशित

कपिलवस्तु- नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव नेतृत्व सहित ४ दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा पुर्ण रुपमा परेको छ । बन्दका क्रममा कपिलवस्तुको शिवराज नगरपालिका र बुद्धभुमी नगरपालिकाको सिमाना बेलनदी पुल माथी शंकास्पद वस्तु फेला परेको छ ।

रातो बस्तु बाँधेर राखेको शंकास्पद वस्तु फेला परेको हो । उक्त वस्तु विष्फोटक पदार्थ हो होइन भन्ने यकिन गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई जानकारी गराइएको इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरीक्षक कपिल जगं शाहीले बताए ।

चन्द्रौटा, गोरुसिगें, जितपुर चारनम्बर लगायतका सहरी र ग्रामीण बजारहरु बन्द भएका छन् । लामो र छोटो दुरीका सार्वजनिक सवारी साधन भने चलेका छैनन् । उद्योग,कलकारखाना सञ्चालन भएका छन् तर विद्यालय र क्याम्पसहरुको पठनपाठन प्रभावित भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu