Connect with us
Kapilvast Forest

चितुवाको आक्रमणबाट आमाछोरा घाइते

२०७९, १३ भाद्र सोमबारमा प्रकाशित

तनहुँ– तनहुँमा चितुवाको आक्रमणबाट आमा र छोरा घाइते भएका छन् । चितुवाको आक्रमणबाट व्यास नगरपालिका –११ राम्चेडिही, पातीघारी बस्ने ४९ वर्षीया दिलमाया गुरुङ र उहाँको ९ वर्षीय छोरा शङ्कर गुरुङ घाइते हुनुभएको हो ।

सब डिभिजन कार्यालय व्यासका प्रमुख नारायणप्रसाद कोइराला आइतबार राति साढे १२ बजे घरको पिंढीमा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको बताउनुभयो ।

चितुवाको आक्रमणबाट घाइते हुनुभएको आमा दिलमाया र छोरा शङ्करको दमौली अस्पतालमा उपचार भइरहेको प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

घाइते आमाछोरा स्वास्थ्यमा सुधार भइरहेको र खतरामुक्त रहेको वडा सदस्य गोकुल दुराले जानकारी दिनुभयो । हाल तनहुँमा नरभक्षी चितुवाले निरन्तर आक्रमण गरिरहेको छ ।

बन्दीपुर गाउँपालिका –१ मा दुई महिनाको अवधिमा चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन् भने एक बालकको मृत्यु भइसकेको छ । बुधबार साँझ मात्रै चितुवाले बन्दीपुर गाउँपालिका–१ को उपल्लो फाँटमा सुवास परियारको ३ वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । बालकको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

त्यस्तै, गत जेठ १० गते चितुवाको आक्रमणबाट वडा नम्बर –१ को बोडिश्वाँरा बस्ने सुकमाया रिमाली मगर र प्रेमबहादुर रिलामी मगरको ५ वर्षीय छोरा सुप्रिय रिलामी मगरकाे ज्यान गएको थियो ।

यसैगरी, दुई महिना अघि वडा नम्बर १ कै बाघदलेमा बस्ने ३४ वर्षीय हिमलाल गरन्जा मगर घरको पिंढीमा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो ।

वडा नम्बर ४ को टावर बस्ने सन्तोष थापाकी ८ वर्षीया छोरी रियाना थापालाई घरमै आएर चितुवाले आक्रमण गरी घाइते बनाएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu