Connect with us
Kapilvast Forest

प्रदेश १ ले पाएन नाम

२०७९, १८ भाद्र शनिबारमा प्रकाशित

प्रदेश १ प्रदेश सभाको दसौँ तथा बजेट अधिवेशन शुक्रबार अन्त्य भएको छ। प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गरी सभामुख प्रदीपकुमार भण्डारीले जारी अधिवेशन अन्त्य भएकोे घोषणा गर्नुभएको हो। प्रदेश सभाको समयावधि अझै केही समय कायमै रहने भएकोले अन्तिम बैठक भने भन्न नसकिने सभामुख भण्डारीले बताउनुभयो। यद्यपि बैठकपछि प्रदेश सभामा सांसदहरूले फोटो सेसन गरिएको थियो भने चियापान गराएर अनौपचारिक रूपमा बिदाइसमेत गरिएको थियो।

शुक्रबारको बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले विशेष सम्बोधन गर्नुभयो। नेताहरूले प्रदेश सभाको मुख्य जिम्मेवारी र दायित्वको रूपमा रहेको प्रदेश नामकरणको काम गर्न नसकेकोमा दुःख व्यक्त गर्नुभएको थियो। अन्तिम बैठक भएकोले नेताहरूले आपसमा आरोपप्रत्यारोप भने गर्नुभएन। अधिकांश नेताहरूले प्रदेश नामकरण हुन नसक्नुमा दुई तिहाइ मतसहित प्रदेश सभामा उपस्थित तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सरकार बढी जिम्मेवार रहेको बताउनुभएको थियो। बैठकमा बोल्ने सबै नेताले नामकरण हुन नसकेकोमा आफ्नो भागमा पर्ने दोषको जिम्मेवारी लिन तयार रहेको बताउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu