Connect with us
Kapilvast Forest

मानव बेचबिखनविरुद्धको १६औँ अन्तर्राष्ट्रिय दिवस मनाइयो

२०७९, २० भाद्र सोमबारमा प्रकाशित

कृष्ण पौडेल-

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आयोजित “तिनै तहको सरकार:मानव वेचविखन विरुद्ध सरोकार भन्ने मुल नाराका साथ मानव बेचविखन ओसारपसार विरुद्धको १६ औं राष्ट्रिय दिवस मनाइएको छ ।

कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका महिला बालबालिका शाखा प्रमुख थुमादेवी उपाध्यायले मानव बेचबिखन तथा ओसारपसार गर्नेका विरुद्धमा निकै बलियो कानुन भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा समस्या भएको बताउनुभयो। मानव बेचबिखनको स्वरूप र बाटोहरू परिवर्तन भएकोले त्यसै अनुसार नियन्त्रणका लागि कदम चलाउनुपर्नेमा उहाले जोड दिनुभयो ।

बेचबिखनमा बढी महिला पीडित हुने गरेको भन्दै यसको न्यूनीकरणमा महिला नै जागरूक हुनुपर्ने बताउनुभयो। त्यसतै कार्यक्रममा सम्बोधन गर्दै लिङ्क गेट प्रहरी चौकी प्रमुख खिम बहादुर जिसीले मानव बेचविखन तथा ओसारपसारको नियन्त्रणको लागि आफ्नो पक्ष बाट सक्दो सहयोग गर्ने बताउनुभयो । जिसीले यस कार्यको नियन्त्रणको लागि प्रहरी मात्रै नभई स्थानीय निकाय , संघ संस्था, युवा क्लब सबै एकजुट भएर लाग्न आग्रह गर्नुभएको छ ।

मानव बेचबिखन तथा ओसारपसार देशकै ठूलो समस्या भएकाले यसलाई निर्मूल गर्नका लागि सबै लाग्नु पर्ने बताउनुभयो । त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका सदस्य दिपक भण्डारीले सामाजिक सञ्जाल तथा मोबाइलको दुरुपयोग गर्दै महिला दिदीबहिनीहरूलाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक लैजाने र त्यहाँ शोषण गर्ने गरेको बताउनुभयो ।

‘विभिन्न सङ्घ संस्थाले न्यूनीकरणको लागि प्रयास गरिरहे पनी ,खुल्ला सीमा लगायतको कारणले बेचबिखन बढ्दो रहेको , भण्डारीले बताउनुभयो। , ‘शिक्षा र रोजगारीको सिर्जना भएमा बेचबिखनमा धेरै कमि आउने,‌ भण्डारीले बताउनुभयो। कार्यक्रममा मानव वेचविखन विरुद्धको अभियानमा प्रतिबद्धता गर्दछु भनि हस्ताक्षर समेत गरिएको थियो ।

कार्यक्रममा शान्ति पुर्नस्थापना गृहको प्रमुख बसन्ती जि.सि साना हात हरु नेपाल को परामर्श दाता भिमा परियार, आफन्त नेपाल (KING NEPAL) को परामर्श दाता पुजा खड्गी, माइति नेपालका जिल्ला संयोजक विकास श्रीवास्तव लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य संज्ञा अधिकारी रहेको थियो कार्यक्रम संचालन शृजना गौतमले गर्नु भएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu