Connect with us
Kapilvast Forest

बार्सिलोनाको उत्कृष्ट प्रदर्शन, लेवान्डोस्कीको ह्याट्रिक

२०७९, २३ भाद्र बिहीबारमा प्रकाशित

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ । बिहीबार बिहान भएको समूह ‘सी’ को खेलमा बार्सिलोनाले भिक्टोरिया प्लेजनलाई ५–१ गोलले पराजित गरेको हो ।

घरेलु टिम बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरे । त्यस्तै, फ्रान्क केसिई र फेरान टोरेसले समान १–१ गोल गरे । प्लेजनका जान सिकोराले एक गोल गरे ।

खेलको १३ औँ मिनेटमा बार्सिलोनाका फ्रान्कले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । ३४ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २–० गोलको अग्रता दिलाए ।

४४ औँ मिनेटमा सिकोराले गोल गरेपछि भिक्टोरिया प्लेजनले २–१ को स्थिति बनाएको थियो । तर पहिलो हाफको अन्तिम समयमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा नै ३–१ गोलको अग्रता दिलाए ।

खेलको ६७ औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । उनको ह्याट्रिकसँगै ४–१ गोलको अग्रता बार्सिलोनाले बनायो । ७१ औँ मिनेटमा टोरेसले गोल गरेपछि बार्सिलोना ५–१ गोलले विजयी भएको हो । यस जितसँगै समूह ‘सी’ मा रहेको बार्सिलोनाले तीन अंक जोडेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu