Connect with us
Kapilvast Forest

अजिगरा तालमा ध्यान केन्द्र र पार्क निर्माणका लागि अनुगमन

२०७९, २६ भाद्र आईतवारमा प्रकाशित

न्युज सेन्टर नेपाल
कपिलवस्तुको कृष्णनगर नगरपालिका ६ र ७ मा हरेको अजिगरा तालको संरक्षणका लागि अनुगमन भएको छ । शहरी तथा ग्रामीण बिकास परियोजनाको सहकार्य तथा एशियाली विकास बैंकको सहयोगमा तालको विकास गर्ने उदेश्यले अजिगरा तालको अनुगमन गरिएको हो । अजिगरा ताललाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने उद्देश्यले विज्ञहरुको टोलीले तालको अनुगमन गरेको कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयो ।

 

तालको संरक्षण, ध्यान केन्द्र र पार्क निर्माणका लागि अनुगमन गरिएको हो । अजिगरा तालको बृहत योजना निर्माणका लागि अजिगरातालको अनुगमन गरेको नगर प्रमुख शाहले बताउनुभयो । डोहवा इन्जीनियरीगं कम्पनी एशोशियट, इआरएमसी, सिल्ट कन्सलटेन्स प्राली र डिजिकन इन्जीनियरीगं कन्सलटेन्सले तालको बृहत योजना निर्माणका लागि अनुगमन गरेको हो ।

यतायात इन्जिनियर यज्ञ बहादुर मल्ल, पर्यटन रवि जंग पाण्डेय, सिचई विज्ञ विवेक कार्की एसडब्लुएमका अशोक शाही, अनुसन्धान कर्ता मंजु मुनाकर्मी, बातावरण विज्ञ रिकेश चित्रकार, सामाजिक अनुसन्धान कर्ता प्रकाश पाण्डे, इन्जिनियर रञ्जन सुबल, म्यानेजर सोनिया भण्डारी लगायतको सहभागिता रहेको थियो ।

सो अनुगमन टिम लिडर डोंजो लिको नेतृत्वमा भएको हो । सो अनुगमन कार्यमा वडा अध्यक्ष राज किशोर यादवले सहयोग गर्नुभएको थियो । यस भन्दा पहिले अजिंगरा ताल पटक पटक अनुगमन भएपनि तालको विकासका लागि कुनै पहल नभएको स्थानियले गुनासो गरेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu