Connect with us
Kapilvast Forest

कपिलवस्तु राजनिति- क्षेत्र ३, आकांक्षी १०

२०७९, २७ भाद्र सोमबारमा प्रकाशित

सनिउल्ला धोबी,

कपिलवस्तु— मंसिर ४ गते हुन प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनमा कपिलवस्तुका चर्चित १० जनाको नाम सिफारिस भएको छ । प्रतिनिधी सभाको लागि कांग्रेस, एमाले र माओवादी केन्द्र र जसपा नेपालले १० जनाको नाम सिफारिस गरेको छ । कपिलवस्तुबाट प्रतिनिधिसभाका लागि नेताहरुले टिकट पाउने रस्साकस्सी गरेको पाइन्छ । जिल्लाको क्षेत्र नं १ बाट नेपाली कांग्रेसले दिप कुमार उपाध्याय र अतहार कमाल मुसलमानको नाम सिफारिस गरेको छ ।

भारतका लागि पूर्व नेपाली राजदुत दीपकुमार उपाध्याय ०४८ साल देखि चुनाव लड्दै आएका छन्। यो चुनावमा उनी उठे सातौं पटक हुन्छ । उपाध्यायसहित अतहर कमालको नाम पनि यहीँ क्षेत्रबाट सिफारिस भएको छ । कमालले ०७० को चुनावमा कांग्रेसबाट बिद्रोह गर्दै चुनावमा उठेर स्वतन्त्र रुपमा चुनाव जितेका थिए । २०७४ को निर्वाचनमा कमाल समानुपाति सांसद चुनिनु भएको थियो ।

माओवादी केन्द्रले यही क्षेत्रबाट माओवादी केन्द्रका सचिव चन्द्रप्रकाश खनाल बलदेवसहित ३ जनाको नाम सिफारिस गरेका छ । २०७४ सालमा उहाले यही क्षेत्रबाट नेता उपाध्यायलाई हराउदै निर्वाचन जित्नुभएको थियो । नेता बलदेवले आफुले २०७४ सालमा यही क्षेत्रबाट चुनाव जितेकोले गठबन्धनको साझ उम्मेदवारका रुपमा यही क्षेत्रबाट चुनाव लडने घोषणा गर्नुभएको छ ।

क्षेत्र नं १ मा नेकपा (एमाले) ले प्रतिनिधिसभा १ मा बलराम अधिकारी र दानबहादुर चौधरीको नाम सिफारिस गरेको छ । अधिकारी एमाले ०७० मा चुनाव निर्वाचित हुनुभएको थियो । दान बहादुर चौधरीले आफुले टिकट पाए जित निश्चित भएको बताउनुभयो ।

क्षेत्र नं. २ मा कांग्रेसबाट सुरेन्द्रराज आचार्यको एकल नाम सिफारिस भएको छ । आचार्य ०७० मा चुनाव जित्नुभएका आचार्यले ०७४ मा चुनाव हार्नुभएको थियो । प्रतिनिधिसभा २ बाट एमालेले वृजेशकुमार गुप्ताको नाम सिफारिस गरेको छ । हाल पनि यहीँ क्षेत्रका सांसद रहेका गुप्ता ०७४ मा सूर्य चिन्हबाट चुनाव जित्नुभएको थियो ।

क्षेत्र नं. ३ मा कांग्रेसले अभिषेक प्रताप शाहको एकल नाम सिफारिस गरेको छ । लगातार ३ चुनाव जितेका शाह फेरी पनि जित्न दावी गर्नुभएको छ ।
प्रतिनिधिसभा ३ मा एमालेले मंगलप्रसाद गुप्तालाई उम्मेदवार बनाएको छ । कांग्रेसले ०७० मा टिकट नदिए पछि गुप्ता मधेसी दल हुदै अहिले एमालेबाट चुनाव लडने बताउनुभयो ।
क्षेत्र नं ३ मा जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवको नाम सिफारिस गरेको छ । दाङ गढवा घर भएका यादव बसाई सराई गरी कपिलवस्तु क्षेत्र नं ३ बाट प्रतिनिधी सभा सदस्य लडने बताउनुभयो । गठबन्धनबाट क्षेत्र नं ३ बाट जसपा नेपालले टिकट पाउने यादवको दावी रहेको छ । क्षेत्र नं ३ बाट नेपाली कागं्रेसका अभिषेक प्रताप शाहले दावी गर्दै आउनुभएको छ ।

प्रदेश सदस्य तर्फ

प्रदेश सदस्य तर्फ एमाले कपिलवस्तुको क्षेत्र नम्बर १ को (क) मा २०७४ सालमा चुनवा जितेका बिष्णु पन्थीलाई नै टिकट दिने बलियो सम्भावना छ । उता सोही क्षेत्रको ’ख’ निर्वाचन क्षेत्रमा २०७४ सालका चुनाव जितेका जसपाका नेता सहसराम यादवलाई नै पार्टीले अघि सारेको छ ।

एमालले निर्वाचन क्षेत्र नम्बर २ ’ख’ मा धरम बहादुरलाल श्रीवास्तवलाई टिकट दिने संभावना बढी छ । यही क्षेत्रमा कांग्रेसले भने सुधाकर पाण्डेयलाई नै अघि बढाउने देखिएको छ । यस्तै क्षेत्र नम्बर २ (क) मा प्रदेश सभा तर्फ कांग्रेसले पुर्व एएसपी बिक्रम सिंह थापाको एकल नाम सिफारिस गरेको छ ।

उता क्षेत्र नम्बर ३ (क) मा एमालेले २०७४ सालमा चुनाव जितको अर्जुन केसी कै नाम सिफारिस गरेको छ । क्षेत्र नं ३ (क) बाटै कांग्रेसले जमसेर अली मियालाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । यस्तै क्षेत्र नम्बर ३ (ख) मा २०७४ सालमा निर्वाचन जितेका कांग्रेस नेता बिरेन्द्र कनौडियाको नाम सिफारिस भएको छ ।

त्यस्तै उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टीबाट अलग भई बाबुराम भटराईले खोलेको नेपाल समाजवादी पार्टीबाट क्षेत्र नं ३ (क) बाट रहिस शाहको एकल नाम सिफारिस भएको छ । बाबुराम भटराई र प्रचण्ड एउटै चुनाव चिन्हबाट चुनाव लडनुभएकोले क्षेत्र नं ३ को (क) आफनो भागमा पर्ने दावी सहित चुनावी मैदानमा उत्रीएको युवा नेता रहिस शाहले बताउनुभयो ।

माओवादी केन्द्रले पनि क्षेत्र नं ३ (क) मा एहसान खाँनको नाम सिफारिस गरेको छ । बहुजन शक्ती पार्टीमा रहेका खाँ केही महिना पहिले माओबादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । मुस्लीम बहुल्य क्षेत्र रहेकोले आफुले क्षेत्र नं ३ (क) बाट टिकट पाए जित्ने दावी गर्नुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu