Connect with us
Kapilvast Forest

पाल्पा र स्याङ्जाको सङ्गम राम्दीमा नयाँ पुल बन्दै

२०७९, २७ भाद्र सोमबारमा प्रकाशित

पाल्पा र स्याङ्जा जिल्ला जोड्ने राम्दीमा नयाँ पुल बन्ने भएको छ । लुम्बिनी र गण्डकी प्रदेश जोड्ने प्रमुख मार्गका रुपमा रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दी धाममा नयाँ पक्की पुल बन्न लागेको हो ।

छ दशकअघि सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा र स्याङ्जाको सिमाना राम्दीमा बनेको पुल जीर्ण भएपछि नयाँ पुल बन्न लागेको हो । सिद्धार्थ राजमार्ग निर्माण भएका बेला २०२८ मा ‘स्टील ट्रस’ हुँदै राम्दीमा पुल निर्माण गरिएको थियो । हाल सो पुल जीर्ण भएर दोहोरो आवतजावतमा रोक लगाइएको छ ।

नेपाल सरकार सडक विभाग पुल महाशाखाले हाल सञ्चालनमा रहेको पुलभन्दा सात मिटर तल अर्को पुल बनाउन ठेक्का लगाएको छ । पुरानो पुल जीर्ण भएकाले राम्दीमा नयाँ पुल निर्माण गर्न ठेक्का प्रक्रिया अगाडि बढेर निर्माण व्यवसायी छनौट गरिएको पुल विभाग पोखराका आयोजना प्रमुख एवम् सिनियर डिभिजनल इञ्जीनियर नवराज बाँस्तोलाले जानकारी दिनुभयो ।

आगामी २०८२ असार मसान्तभित्र सक्नेगरी हिम सगरमाथा कन्स्ट्रक्सनसँग पुल निर्माणका लागि सम्झौता भएको बास्तोलाले जानकारी दिनुभयो । राम्दीमा पुल निर्माणका लागि २७ करोड ७१ लाख रुपियाँ खर्च लाग्ने पुल आयोजनाले जनाएको छ ।

नयाँ निर्माण हुन लागेको पुलको चौडाई ११ मीटर, लम्बाइ एक सय आठ मीटर र दायाँबायाँ झण्डै डेढ मीटरको फुटपाथ रहने आयोजनाले जनाएको छ । सो पुलको ४० टनसम्मको भारवाहन क्षमता रहने बताइएको छ । पुल बनेपछि सिद्धार्थ राजमार्गमा दुईतर्फी आवतजावत सहज हुने स्थानीय बासिन्दाको भनाई छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu