Connect with us
Kapilvast Forest

मायादेबीका १५ महिलालाई कुशन र डल बनाउने तालिम

२०७९, २९ भाद्र बुधबारमा प्रकाशित

कपिलवस्तु –
बिपन्न र पछि परेका महिला शक्तिकरणका लागि कपिलवस्तुको मायादेबी गाउपालिका वडा नम्बर १ पकडीमा कुशन र डल बनाउने तालिम दिइएको छ । हेल्पीङ हेड फर रिलिफ एन्ड डिभलवमेन्टको सहयोगमा हिउमन रिलिफ अर्गनाइजेशनले एक महिने कुशन र र डल बनाउने तालिम संपन्न गरेको हो । सिप विकास तथा जीवीकापार्जन कार्यक्रम अन्र्गत गाउपालिकाका बिपन्न र पछि परेका महिलाहरुलाई सो संस्थाले तालिम दिएको हो ।

सो अवसरमा गाउपालिका प्रमुख वलीउद्दीन मुसलमानले सहभागी १५ महिलालाई तालिमको प्रमाण पत्र हस्तान्तरण गर्दै बिपन्न र गरीब परिवारका महिलाको आयआर्जनमा बढावा दिन गरिएको यो तालिम सराहनी रहेको बताए । उनले लिएको तालिमले अब महिलाले आफनै घरमा बसेर आयआर्जन गर्न सक्ने बताए । उनले गाउपालिकाले पनि महिलाहरुलाई आयआर्जनमा मद्दत गर्न मिल्ने कार्यक्रमहरु संचालन गरिने बताए ।

कार्यक्रममा हिउमन रिलिफ अर्गनाईजेशनका उपाध्यक्ष ताहिर महमुदले आयआर्जनमा बढवा दिन महिलाहरुलाई तालिम दिइएको बताए । एक महिने तालिमबाट अब महिलाहरु कुशन र डल बनाउन सक्ने र त्यसैबाट आय आर्जन गर्नै बताए । उनले आफनो संस्थाले यस्ता कार्यक्रम निरन्तर गर्दै आएको बताए । तालिमकी प्रशिक्षिका हुमा कुमारी रानाले मुस्लिम र बिपन्न महिलाहरुलाई दिइएको यो तालिम निकै राम्रो रहेको बताईन ।

सिकेको यो सीपबाट महिलाहरुले आफनो घरमै बसेर केही आयआर्जन गर्न सक्ने उनले बताईन । सो अवसरमा पालिका वडा नम्बर १ का अध्यक्ष माहोम्मद ईसहाक मुसलमानले आफनो वडाका पछि परेका महिलाहरुलाई लक्षित गरी दिइएको यो तालिमले महिलाहरु आयआर्जन तर्फ उन्मुख हुने बताए । उनले यस्तो तलिम गाउपालिका भरी संचालन गरिनु पर्ने बताए ।

सोही अवसरमा तालिममा सहभागी महिलाहरुले बनाएका बिभिन्न कुशन र डलहरु प्रर्दशन गरी आधा मुल्यमा बिक्री समेत गरिएको थियो । यस अघि यही संस्थाले केही महिना पहिले अपांगहरुलाई कपिलवस्तु नगरपालिका वडा नम्बर ४ महुवामा च्याउ खेती तालिम दिएर चाहिने सामाग्री समेत उपलब्ध गराएको थियो । यस्तै यही संस्थाले २ सय अनाथ बेसाहारा बालबालिकालाई छात्रबृत्ति समेत दिदै आएको छ । बिद्यालयमा शौचालय निर्माण तथा खानेपानी टंकी समेत निर्माण गरिएको छ । संस्थाका उपाध्यक्ष ताहिर महमुदको अध्यक्षता र सद्दाम हुसेनको संचालनमा भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu