Connect with us
Kapilvast Forest

हुलाकी लोकमार्गः- मुआब्जा माग गर्दै डेलिगेशन

२०७९, २ आश्विन आईतवारमा प्रकाशित

वृजेश यादव- कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं २ बरगदाका स्थानिय हुलाकी सडकको मुआब्जा माग गर्दै नगरपालिकामा डेलिगेशन गएका छन ।

निर्माणधिन हुलाकी सडकमा परेका घर भत्काएको पनि कैयौँ महिना भएपनि सरकारले अझैसम्म क्षतीपुर्ती नदिएको डेलिगेशनमा आएकाहरु गुनासोँ गरेका छन । महाराजगंज नगरपालिका वडा नं २ बरगदा गाँउमा सडक क्षेत्रमा पर्ने घरहरु भत्काई सकेको छन ।

हाल सम्म पनि मुआब्जा न पाएकोले स्थायीनद्धारा महाराजगंज नगरपालिकाकानगर प्रमुख अब्दुल कलाम, पुर्व सिचाई राज्यमन्त्री सुरेन्द्र राज आचार्य, नेपाली कांग्रेस क्षेत्र नं २ (क) प्रदेश सभा सदस्य पदका लागि सिफारिसमा परेका पुर्व एसएसपी विक्रम थापा, वडाअध्यक्ष जुवेर अली खाँ, समाजसेजी अलिहुसेन धुनियाँ समक्ष डेलिकेशन आएको बरगदाका स्थानियले बताउछन ।

महाराजगंज नगरपालिका नगरप्रमुख अब्दुल कलामले बरगदाका स्थानियहरुले सडक निर्माणमा महत्वपुर्ण सहयोग गरेको भन्दै धन्याबाद दिनुभयो । बरगदा गाँउका नागरिकहरुलाई चाडैभन्दा चाडैँ मुआब्जा उपलब्ध गराउन लागेको नगरप्रमुख अब्दुल कलामले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu