Connect with us
Kapilvast Forest

कपिलवस्तुका वरिष्ठ पत्रकार पौडेललाई दङ्गिशरण बलिहाङ्ग पदक

२०७९, ३ आश्विन सोमबारमा प्रकाशित

कपिलवस्तु-आठौं संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुका वरिष्ठ पत्रकार मनोज पौडेल दङ्गिशरण बलिहाङ्ग पदक तृतीयबाट बिभुषित हुनुभएको छ ।

विगत तिन दशक देखि पत्रकारीतामा सकृय भुमिका खेल्नु भएका पौडेल नेपालमा वातावरण ,वन्यजन्तु ,सिमसार संरक्षण, जैविक विविधता लगायतका क्षेत्रमा पत्रकारीताको क्षेत्रबाट कलम चलाएको भन्दै बिभुषित हुनु भएके हो ।

प्रदेश सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा पदक पाउनेहरुको नाम सार्वजनिक गरी फागुन ३ गते प्रदेश स्थापना दिवसमा पदक वितरण गर्दै आएको छ ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु ,फोटो पत्रकार महासंघ कपिलवस्तुको जिम्मेवारी सम्मालि सक्नुभए का पौडेल कान्तिपुर दैनिकको उपसम्पादक तथा जिल्ला सम्वाददाताको रुपमा कार्यरत हुनुन्छ ।त्यस्तै पौडेल सहित कपिलवस्तुबाट उजीरसिंह दीप पदक द्वितीयबाट नविन चुदाली, प्रदेश रत्न पदक प्रथम मेघराज ज्ञवाली र टिकाराम अर्यालले प्रदेश रत्न पदक तृतीय पदक पाउनु भएको छ ।

लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको भन्दै ६१ जनालाई पदक दिने घोषणा गरेको छ । आन्तरिक मामिमला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा गठित ७ सदस्यीय समितिले पदक पाउनेहरुको नाम छनोट गरी सरकारलाई सिफारिस गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu