Connect with us
Kapilvast Forest

ट्राफिक नियम पालान गरे दुर्घटना कम हुन्छः सांसद केसी

२०७९, ६ आश्विन बिहीबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु– कपिलवस्तु क्षेत्र नं ३ (क) का प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सडक दुर्घटना कम गर्नका लागि ट्राफिक नियम पालन गर्नु पर्ने बताउनुभएको छ । युवाहरु तिब्रगतीमा सावारी चलाउदाँ अकालमा ज्यान गुमाउनु परेकाले ट्राफिक नियम पालन गरे जिउज्यानको सुरक्षा हुने सांसद केसीले बताउनुभयो ।

सडक सुरक्षा आजको आवश्यकता भन्ने मुल नारा सहित सवारी दुर्घटना न्युनिकरण उदेश्यका लागि सवारी चालकहरुको स्वास्थ्य परिक्षण जाँच तथा जनचेतना मुलक कार्यक्रमलाई सम्बोधन गर्दै केसीले लागि ट्राफिक नियम पालन गर्नुपर्ने बताउनुभएको थियो ।

सो कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु प्रमुख प्रहरी निरीक्षक युवराज तिम्ल्सिीनाले सवारी साधन चलाउदा चालकले ध्यान दिए दृर्घटना कम हुने बताउनुभयो । प्रहरी निरीक्षक युवराज तिम्ल्सिीनाले जिल्लामा भएको सवारी दुर्घटनाको विवरण समेत पेश गर्नुभएको थियो ।

पुर्वपश्चिम लोकमार्ग भएर हिडने १ सय २० सवारी चालकहरुलाई निशुल्क स्वास्थ्य परिक्षण गरिएको प्रहरी निरिक्षक तिम्लिसीनाले बताउनुभयो । चेकजाच गरेका सवारी चालक मध्ये ८ जनाको उच्च रगत चाप रहेको प्रहरी निरिक्षक तिमिल्सीनाले जानकारी दिनुभयो ।

सवारी दुर्घटना न्युनिकरण उदेश्यका लागि सवारी चालकहरुको स्वास्थ्य परिक्षण जाँच तथा जनचेतना मुलक कार्यक्रमको आयोजना जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको रहेको अस्थायी ट्राफिक प्रहरी कार्यालय चन्द्रौटा प्रहरी वरिष्ठ नायव निरीक्षक ज्ञानेद्र शर्माले बताउनसभयो ।

सन्जिवनी समुदायिक अस्पतालको प्राविधिक सहयोग सचेतना कार्यक्रम भएको थियो । सवारी साधनले गर्दा धेरै दुर्घटना भएकोले सावधानी अपनाउन सन्जवनी समुदायिक अस्पतालका प्रबन्धक निर्देशक वाइपी पौडेलले अनुरोध गर्नुभयो । सवारी चालकले आफ्नो स्वास्थ्यलाई ख्याल राखी सवारी साधन चलाउनु पर्ने सन्जवनी समुदायिक अस्पतालका प्रबन्धक निर्देशक पौडेलले बताउनुभयो ।

वारी दुर्घटना न्युनिकरण उदेश्यका लागि सवारी चालकहरुको स्वास्थ्य परिक्षण जाँच तथा जनचेतना मुलक कार्यक्रमलाई शिवराज जेसिजले सहयोग गरेको जेसिज अध्यक्ष खग्रेन्द्र गिरिले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu