Connect with us
Kapilvast Forest

कपिलवस्तु क्षेत्र-३ नेपाली कांग्रेसकै भागमा : रेग्मी

२०७९, ११ आश्विन मंगलवारमा प्रकाशित

कपिलवस्तु- प्रतिनिधि सभाकाे प्रत्यक्ष निर्वाचन अन्तरगत कपिलवस्तु क्षेत्र न. ३ नेपाली कांग्रेसकै भागमा परेकाे काँग्रेसले जनाएकाे छ ।

कपिलवस्तु क्षेत्र न ३ काे संघिय क्षेत्रिय सचिव मेघराज रेग्मीले बिज्ञप्ती जारी गर्दै कपिलवस्तु क्षेत्र न ३ प्रतिनिधि सभा अन्तर्गत गठवन्धनले जनता समाजवादी पार्टी(जसपा)को भागमा परेको भन्ने समाचारकाे सत्यता नरहेकाे बताउनुभएकाे हाे ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले समेत कपिलवस्तु क्षेत्र न ३ मा आफ्नो दाबी नभएकाे बताउनुभएकाे बिज्ञप्तीमा उल्लेख छ ।

काँग्रेस केन्द्रिय कार्यसमितिले जहाँ जहाँ नेपाली नेपाली कांग्रेसले जितेको स्थान छ । उक्त स्थान क्षेत्रमा नेपाली कांग्रेसलाइ नै दिने भन्ने सहमति भईसकेकाे रेग्मीले बताउनुभयाे ।

कपिलवस्तु क्षेत्र न ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाहले जितेको हुनाले उक्त स्थानमा गठवन्धन अन्तर्गत नेपाली कांग्रेसकै रहेको उहाँको भनाई छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu