Connect with us
Kapilvast Forest

बुद्धसँग सम्बन्धित अरौराकोट संरक्षणको पर्खाइमा

२०७९, १६ आश्विन आईतवारमा प्रकाशित

नारद कोहार-कपिलवस्तुको पर्यटकीयस्थल अरौराकोट संरक्षणको पर्खाइमा रहेको छ । कनकमुनी बुद्धले आफ्नो बाल्यकाल तथा वैवाहिक जीवन व्यतीत गरेको ठाउँ अरौराकोट संरक्षणको पर्खाइमा रहेको हो । कनकमुनी बुद्धको जन्मस्थल निगालीकोटबाट करिब डेढ किलोमिटरको दुरीमा यो स्थान रहेको छ ।

पुरानो सहरका रूपमा रहेको आयातकार आकारको पुरातात्त्विक एवम् धार्मिक महत्त्व बोकेको यस क्षेत्रलाई प्राचीन कालमा इट्टा प्रयोग गरी बनाइएको किल्ला पर्खालले घेरिएको छ ।

कपिलवस्तुमा बुद्धसँग सम्बन्धित एक सय भन्दा बढी पुरातात्त्विक स्थल रहेका छन् । कपिलवस्तुमा उहाँसँग सम्बन्धित विभिन्न पुरातात्त्विक स्थल भने ओझेलमा परेका छन् ।

कपिलवस्तु नगरपालिका वडा नं. ११ स्थित अरौराकोट रहेको छ । त्यो एउटा पर्यटकीय धार्मिकस्थल हो यसको विकासका लागि स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा र सङ्घ र प्रदेश सरकारले यसको विकासका लागि चासो नदेखाउँदा संरक्षणको पर्खाइमा रहेको कपिलवस्तु नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामगोपाल यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो “अगामी दिनमा यसको संरक्षणको लागि वडाबाट केही रकम विनियोजित गरी सरसफाईलगायतको कार्य गर्ने बताउनुभयो । ”

अरौराकोट कनकमुनि बुद्धको राजधानी भनेर बुझ्ने गरेको पाइएको छ, अरौराकोटको विकासका लागि लुम्बिनी विकास कोषले चाँडै नै त्यो क्षेत्रमा तारबार र त्यसको उत्खनन्का लागि पुरातत्त्व विभागसँग पहल गर्ने लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य रामनरेशप्रसाद कोहारले बताउनुभयो ।

कपिलवस्तु जिल्लामा कनकमुनि बुद्ध र क्रकुच्छन्द बुद्धको जन्म भए पनि उहाँसँग सम्बन्धित क्षेत्रहरू ओझेलमा परेका छन् । हुन त भगवान् गौतमबुद्ध आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ तिलौराकोट यही जिल्लामा पर्दछ तर जुन किसिमले यहाँको विकास हुनुपर्ने हो त्यस किसिमको विकास हुन नसकेको स्थानीय वशिष्ठ तिवारीले बताउनुभयो ।

अरौराकोटको उचित विकास र संरक्षण हुन नसकेपछि गौचरन र खेलमैदानमा परिणत हदै गएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu