Connect with us
Kapilvast Forest

स्व.ज्ञावलीको पुन्यतिथिमा विद्यालयमा १ लाखको अक्षय कोष स्थापना

२०७९, २० आश्विन बिहीबारमा प्रकाशित

कपिलवस्तु-

स्वर्गीय श्रीमानको स्मृतिमा चन्द्रौटा निवासी ज्ञावली परिवारले एक लाख रुपैयाँको शौक्षिक अक्षय कोष स्थापना गरेका छन् । शिवराज नगरपालिका ५ चन्द्रौटा निवासि स्वंं चन्द्रमणि ज्ञावलीको १३ औ दिनको पुन्यतिथिमा शिवराज नगरपालिका –१ करहियास्थित मनकामना आधाभुत विद्यालयमा उक्त कोष स्थापना गरिएको छ ।
ज्ञावली परिवारले स्वर्गीय चन्द्रमणि ज्ञावलीको स्मृति शैक्षिक सहयोग कोष स्थापना गरेको श्रीमति चन्द्रा ज्ञावलीले बताइन् । कोषबाट विद्यालय संचालनमा सहजता सगै विद्यार्थीहरु पठनपाठन गर्न सहज हुने बताइन । ज्ञावली निवासमा विहिवार भएको शोक सभामा शिवराज नगरपालिकाको मेयर अजय थापाले ज्ञावली एक मेहनती र कर्मठ व्यक्ति रहेको बताए ।
स्व ज्ञावलीको सम्झनामा समुदायिक विद्यालयको पठनपाठनमा सहज होस भनि अक्षय कोष स्थापनाले उहाँको सपना पुरा गर्न सहज हुने बताए । मेयर थापाले स्व ज्ञावलीको परिवारलाई समस्या परेमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए । शिवराज नगरपालिका वडा १ का अध्यक्ष खिम विक्रम केसिले ज्ञावलीको निधनले वडामा क्षती पुगेको बताए । विद्यालयका अध्यक्ष हुमा थारु,प्रअ सुनिता थारुको सहभागिता रहेको थियो । गत असोज ८ गते सवारी दुर्घटनामा ज्ञावलीको निधन भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu