Connect with us
Kapilvast Forest

तिहारकाे लागि माटोको दियो र पाला (फाेटाेफिचर)

२०७९, २९ आश्विन शनिबारमा प्रकाशित

काठमाडाै– नेपालीहरुको महान चाड तिहारको चहलपहल शुरु भएसँगै भक्तपुरका प्रजापति समुदाय पाला बनाउन व्यस्त भएका छन् । तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले भक्तपुरका प्रजापति समुदाय व्यस्त भएका हुन् ।

गएकाे वर्षको तुलनामा यस वर्ष पालाको माग धेरै भएकाले प्रजापति समुदायलाई फुर्सद छैन । परम्परागत रुपमा बनाइने माटोका भाँडा पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्ने गर्छन् । काठमाण्डौ उपत्यकासहित उपत्यका बाहिरका विभिन्न स्थानबाट लाखौँ माटोका सामग्रीहरुको माग आएपछि त्याे समुदायलाई अहिले भ्याइनभ्याइ भएको हो ।

अहिले भक्तपुर र थिमिका प्रजापतिले माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिन्चाजस्ता सामानको माग बढेकाले माटोका भाँडा बनाउन व्यस्त छन् । भक्तपुरकै अन्य स्थान बोलाछेँ, ठिमी, ब्यासीमा पनि माटोको भाँडा बनाइने भएपनि सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रमा पर्ने पोटरी स्क्वायरमा धेरै मानिसहरू पुग्ने गर्छन् ।

तिहारका लागि अधिक माग हुने दियो र पालाको माग बाहिरि जिल्लाहरुबाट पनि अत्याधिक आइरहेको स्थानीयहरुले बताए । अम्बरा, धुपौरो, गमला, सुराई, कालिञ्चा, खुत्रुके लगायतका सामानको माग पनि बढेको उनीहरुको भनाइ छ । माटाको भाँडाको माग घटेको भन्दापनि माटो नपाउने समस्या ठूलो भएको कुमालेहरू बताउँछन् । माटोका पालाको माग भक्तपुरमा मात्र नभइ अन्तर्राष्ट्रिय बजारमासमेत बढेकाले पाला बनाउन भ्याइनभ्याइ भएको उनीहरु बताउँछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu