Connect with us
Kapilvast Forest

स्वास्थ्यसेवा प्रवाहमा कुनै ‘कम्प्रमाइज’ हुँदैन : मेयर श्रेष्ठ

२०७९, २ कार्तिक बुधबारमा प्रकाशित

सनिउल्ला धोबी,
कपिलवस्तु-
कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा पछाडी पारिएका वा उच्च जोखिममा परेका बस्तीहरुको पहिचान विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै बुद्धभुमि नगरपालिकाको नगर प्रमुख केशव श्रेष्ठले स्वास्थ्यको प्रवाहमा कुनै सम्झौता (कम्प्रमाइज) नगर्ने र मापदण्ड अनुसार अघि बढ्ने बताउनुभयो । स्वास्थ्यको क्षेत्रमा पछि परेको समुदाय, जातजातिको पहिचान र विकासका लागि नगरपालिका हात्तेमालो गर्न तयार रहेको बताउनु भयो ।बुद्धभुमिले स्वास्थ्य नीति निर्माण गरिरहेको बताउदै स्वास्थ सेवाबाट टाढा रहेका नागरिकको पक्षमा पालिका सदैव कटिबद्ध रहने नगरप्रमुख केशव श्रेष्ठले बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धभुमी नगरपालिकाको प्रमुख प्रशासकीय रमेश गौतमले स्वास्थ्य सेवा प्रवाहमा नीति निर्माण गरि नगरपालिका अग्रसर रहेको बताउनु भयो ।नगरका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी परिचालन गरि सेवा प्रवाह चुस्तदुरुस्त बनाएको प्रमुख प्रशासकिय अधिकृत गौतमले जानकारी दिनुभयो ।

आधारभुत स्वास्थ्य परियोजना अन्तरगत फेर मेडको सहयोग र कालिका स्वालम्वन सामाजिक विकास केन्द्रको आयोजना र बुद्धभुमी नगरपालिकाको समन्वयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमलाई सहजीकरण गर्दै परियोजना अधिकृत
निशान कुवाँरले बुद्धभुमीको अवस्था र कार्यक्रमको प्रभावको बारेमा सहजीकरण गर्नु भएको थियो ।

जिल्लाको गोरुसिङ्गेमा आयोजित कार्यक्रममा पहिलो चरणको कार्यक्रम सुरुवात अन्तरगत बस्ती पहिचान, मातृशिशु स्वास्थ्य सेवाको उपयोगमा कमि, उपेक्षित उष्णप्रदेशिय रोगहरुको तथ्यांकका नक्सांकन गरिएको छ ।

त्यस्तै स्वास्थ्य सेवाबाट बन्चित, जनचेतनाको कमि, सरसफाइको कमि, पिछडिएका जातजाति र अल्पसंख्यक समूह, सेवाको पहुच टाढा भएको, आर्थिक विपन्नता, अनुमानित घरधुरी संख्याको समेत नक्सांकन गरिएको परियोजनाको सिएचएम सुमित्रा भट्टराईले जानकारी दिनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu