Connect with us
Kapilvast Forest

नवौं राष्ट्रिय खेलकुदकाे समापन तयारी

२०७९, ३ कार्तिक बिहीबारमा प्रकाशित

कास्की – गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ ।

आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २:३० बजेपछि पोखरा रङ्गशालामा भव्य कार्यक्रमसहित नवौंको बिदाइ गरिनेछ । समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतका विशिष्ट व्यक्ति सहभागी हुने जनाइएको छ ।

यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । प्रतियोगिता प्रचारप्रसार उपसमितिका सचिव खुसराज दाहालका अनुसार समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, कलाकारबाट गीत प्रस्तुत, झाँकी, गीत सङ्गीत तथा नृत्यलगायतका कार्यक्रम गरिनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu