Connect with us
Kapilvast Forest

कपिलवस्तुमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सुरु

२०७९, १८ कार्तिक शुक्रबारमा प्रकाशित

सनिउल्ला धोबी,
कपिलवस्तु-कपिलवस्तुमा अन्तर्राष्ट्रिय स्तरको काराँते प्रतियोगिता —२०२२ सुरु भएको छ । जिल्लाको शिवराज नगरपालिका ३ देउराली रिसोर्टमा आज देखी अन्तर्राष्ट्रिय स्तरको काराँते प्रतियोगिता सुरु भएको हो । अन्तर्राष्ट्रिय काराँते प्रतियोगितामा नेपाल, भारत र भुटानका काराँते खेलाडीहरुको सहभागीता रहेको छ ।
काराँते प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बेधन गर्दै कपिलवस्तु क्षेत्र नं ३ का पुर्व सांसद तथा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार अभिषेक प्रताप शाहले खेलको विकास हुनु राम्रो पक्ष भएको बताउनु भयो ।

बुद्ध शक्ती काराँते डोजाको आयोजनामा सुरु भएको अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमले यस क्षेत्रको पहिचान समेत जोडीएको हुदाँ सबैले खेलकुदमा ध्यान दिनु पर्नै बताउनुभयो । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार समेत रहेका अभिषेक प्रताप शाहले निर्वाचनमा जितै लगत्तै यस क्षेत्रमा ठुलो कभड हल निर्माण गर्न पहल गर्ने बताउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रदेश सभा सदस्य तथा नेकपा एमाले कपिलवस्तु क्षेत्र नं ३ (क) का उम्मेदवार अर्जुन कुमार केसीले खेलकुदको माध्यममबाट यस क्षेत्रको खेलाडीहरुले राष्ट्रिय स्तरमा अवसर पाउने बताउनुभयो । खेलकुदले खेलाडीलाई स्वास्थ्य रहनुका साथै खेलले एक अर्काे देशविच भाइचारको सम्बन्ध स्थापित हुने बताउनुभयो ।

प्रतियोगीतामा भुटानबाट ५० जना, भारतको दिल्लीः ५० जना, चन्दिगढबाट ५० जना र पश्चिम बांगालका ५० जना सहभागीता जनाएका छन । खेलमा देश तथा विदेशका गरी कुल ५ सय खेलाडीहरुको सहभागीता रहेको आयोजक बुद्ध शक्ती काराँते डोजोको संयोजक रामु सुनारले बताउनुभयो ।
प्रथम बुद्ध शक्ती काराँते प्रतियोगिता—२०२२ को प्रथम पुरस्कार १ लाख शिल्ड र मेडल प्रदान, त्यस्तै दृतियालाई ५० हजार पुरस्कार र तृतियलाई २५ मेडल प्रमाण पत्र दिने रामु सुनारले बताउनुभयो । प्रतियोगीता भोली समापन हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu