Connect with us
Kapilvast Forest

ट्राफिक व्यवस्थापन गर्दै बुटवल उपमहानगर

२०७९, २६ मंसिर सोमबारमा प्रकाशित

सिद्धार्थनगर-बुटवलमा ट्राफिक व्यवस्थापनमा नगरपालिकाको चासो बढाएको छ । अस्पताल लाइन क्षेत्रमा गाडी रोक्न नपाइने निर्णय समेत भएको छ ।
बुटवल उपमहानगरपालिकामा सरोकारवालाहरूसहित बसेको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैङ्क चोकसम्मको क्षेत्रमा पार्किङ गर्न र गाडी रोक्न नपाउने निर्णय गरेको हो ।
बुटवल नगरलाई सफा र सुन्दर बनाउन तथा भिडभाड कम गर्दै ट्राफिक व्यवस्थापन गर्न बुटवलका व्यस्त चोक तथा अत्यावश्यक सेवा क्षेत्र आसपासमा भीड कम गर्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

बैठकले बुटवलका मुख्य सडकहरूको पार्किङ व्यवस्थापन गर्ने, राजमार्ग क्षेत्रमा रहेका टिकट काउन्टरहरू एकीकृत गरी बसपार्कभित्रै व्यवस्थापन गर्ने, लामो तथा छोटो दुरीका सवारी साधनले यात्रु चढाउने र ओराल्ने स्थान तय गर्ने जस्ता निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले बसपार्कभित्र पार्किङ नगरी बस छुट्नुभन्दा १ घण्टा अघि मात्रै बसपार्कभित्र प्रवेश गर्ने, प्रत्येक टिकट काउन्टरले डस्टविन राखी अन्यत्रको फोहोर व्यवस्थापन गर्ने, बस तथा जिप सञ्चालक संस्थाहरूले सवारी चालक र सहयोगीलाई अनिवार्य रूपमा परिचय पत्रको व्यवस्था गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले बुटवलमा सञ्चालन हुने गरी थप १ सय ८४ ई रिक्सालाई दर्ताका लागि आह्वान गर्ने र दर्ता नगरी सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।
दर्ता विना चलेका १८४ ई रिक्सा दर्ता गर्न आव्हान

बुटवलमा १४ सय ४० वटा ई रिक्सा सञ्चालन गर्ने भनिएको छ, यसअघि १२ सय ५६ वटा ई रिक्सा दर्ता हुन आएकोमा बाँकी १८४ वटा ई रिक्सा दर्ताका लागि आह्वान गर्ने निर्णय भयो, उहाँले भन्नुभयो, जसअनुसार बुटवलमा बसोबास गरिरहेका आफ्नै नाममा ई रिक्सा भएका, सवारी चालक अनुमति पत्र भएका र बिमा गरेका विपन्न र स्वरोजगार भएका रिक्सा दर्ता गरिनेछ र इन्धनबाट चल्ने रिक्सालाई पनि व्यवस्थापन गर्ने निर्णय भयो ।’

यस्तै गरी, बुटवल क्षेत्रमा ब्लो हर्न बजाउन निषेध गर्ने, मोडिफाई गरेका, स्वरूप परिवर्तन गरेका मोटरसाइकल चलाउन निषेध गर्ने निर्णय बैठकले गरेको छ ।

बुटवल क्षेत्रमा बस, जिप, ई रिक्सा व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिका, यातायात व्यवस्था कार्यालय, इलाका प्रहरी कार्यालय, राजमार्ग ट्राफिक सुरक्षा तथा व्यवस्थापन कार्यालय, बस, जिप, ई रिक्सा सञ्चालक संस्थाहरूले एकीकृत रूपमा सुधार अभियान सञ्चालन गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu