Connect with us
Kapilvast Forest

कपिलवस्तु: नयाँ मान्छे देखेपछि विद्यालय छाडेर भाग्ने प्रधानाध्यापक !

२०७९, २९ मंसिर बिहीबारमा प्रकाशित

जानु पाण्डे- कपिलवस्तु- अजिगारा ताल नजिकै एउटा विद्यालय छ । घाँटीमा क्यामेरा भिरेको देखेपछि एक जना हातमा केही कागजात निकालेर विद्यालयबाट बाहिरिनुभयो । हामी प्र.अ. खोज्दै सोधपुछ गरेका थियौँ । एक जनाले भाग्दैगरेको उहाँ प्रअ हुनुहुन्छ भनेपछि उहाँलाई बोलाउँदै पछि लाग्यौँ । हामीलाई देखेपछि प्रअ अझ दौडिएर लुक्नुभयो । केही महिना अगाडि कपिलवस्तुको कृष्णनगर नगरपालिका अजिगरा माविको घटना हो, यो ।

अख्तियारको टोली कपिलवस्तुको कृष्णनगर नगरपालिका –७ अजिगारा माविमा अनुगमनका लागि पुगेका थियो । विकासको हिसाबले पिछडिएको अजिगारा पुगेपछि बाटोमा हिँडदैगरेका एक जनासँग विद्यालयका प्रअ कता हुनुहुन्छ भनेर सोध्यौँ । उहाँले म चिनाई दिन्छु भन्दै केही अगाडि पुगेपछि प्रअ गाउँतिर भाग्नुभयो ।’ अजिगाराका स्थानीयले घटना स्मरण गर्दै स्थानीय हरिशचन्द्र मिश्राले भन्नुभयो, “नयाँ मानिस आएपछि हेड सर अख्तियार आयो भनेर डराएर भाग्नु हुन्छ ।”

तीन वर्ष पहिला विद्यालयमा आठ सय बढी विद्यार्थी अध्ययन गर्नेगरेको मिश्राको भनाइ छ । दुई वर्षदेखि विद्यालय व्यवस्थापन समितिको म्याद सकिएपछि विद्यालयको अवस्था खस्किँदै गएको छ । स्थानीय सरकारले समेत विद्यालयको समस्या समाधानका लागि कुनै चासो दिँदैन । यसै वर्ष तीन पटक अभिभावक भेला गरिए पनि सहमति नहुँदा व्यवस्थापन समिति गठन नभई टुङ्गिएको छ ।

खुलेको छैन विज्ञान प्रयोगशाला

श्री मावि अजिगाराको अवस्था हेर्दा निकै दयनीय छ । प्रअको कार्यालय तीन वर्ष यता खोलिएको छैन । कार्यालयभित्रका कागजपत्र लथालिङ्ग अवस्थामा रहेका छन् । शिक्षकहरू प्रअसँग रहेको रजिस्टरमा हाजिरी गर्दैआएका छन् । केही मसलन्द आवश्यक पर्दा शिक्षकले खरिद गर्ने गर्छन् ।

विद्यालयमा आइटी ल्याब स्थापना भएको करिब तीन वर्ष भएको छ । नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूर सञ्चार प्राधिकरणको सहयोगमा ल्याब स्थापना भएका थियो ।

विद्यालयका विज्ञान शिक्षक राधाकृष्ण शर्माका अनुसार ल्याब कक्षमा कम्प्युटर जडान भएपछि ताला लागेको छ । साइन्स ल्याबको टेवल धुलोले भरिएको छ । ल्याब स्थापना भएको तीन वर्ष पूरा भएको छ । मैले अहिलेसम्म ल्याब भित्र छिर्न पाएको छैन । ल्याबको चाबी प्रअसँग छ । खोल्नुभन्दा प्रअले चासो दिनु हुन्न ।

कक्षा ९ मा आठ विषय छन् । त्यो मध्ये ५ विषयमात्र पढाइ हुन्छ । केही विद्यार्थी गाउँघरमै बस्ने गरेका छन् । टिफिन टाइमपछि घर भाग्नेगरेका विद्यार्थी पनि छन् । विद्यालयको अवस्थाको बारेमा कसैलाई चासो छैन शर्माले भन्नुभयो । नगरपालिकाका मेयर रजतप्रताप शाह अरू विद्यालयमा अनुगमन गरेपनि समस्यामा परेको विद्यालयमा अनुगमन गरी समाधानका लागि चासो नदिएको विद्यार्थीको गुनासो छ ।

शौच गर्दा गिज्याउँछन्

विद्यालयमा शौचालय छ । तर झ्याल र ढोका दुवै छैन । पानी आउने धारा तथा टुटी समेत फोडिएको छ । युरीनल समेत फोडिएका छन् । शौच गर्ने सिटमा वर्षौँदेखिका फोहर जम्मा भएको विद्यार्थीको भनाइ छ । विद्यालयमा शौचालय छैन । बाहिर खेततिर जानु पर्छ । शौचगर्दा बाटोमा हिँड्ने मानिसले गिज्याउने गरेका छन्’ विद्यालयका एक छात्राले बताउनुभयो ।

विद्यालयको अवस्था विषयमा प्रअ परिपूर्णानन्द मिश्रासँग कुराकानीको प्रयास गर्दा उहाँसँग कुरा हुन पाएन । प्रअ मिश्रा पत्रकार आएको थाहा पाएपछि एउटा प्लास्टिकको झोलाका केही कागजात लिएर बाहिर निस्किनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu